काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेको अराजक गतिविधिहरु रोक्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल सरकार तथा मातहतका निकायहरुलाई ध्यानाकर्षण गराएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकिङ सेवा क्षेत्रमा भएका उच्छृंखल, अव्यवहारिक, अराजक गतिविधि रोक्न कडा निर्देशन जारी गर्न माग गरेको हो।
साथै कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अन्य विविध विश्व परिघटनाहरुको कारण उत्पादन, माग तथा आपूर्ति श्रृंखला विथोलिँदा विश्व अर्थतन्त्रमै शिथिलता छाएकोले त्यसको प्रभाव नेपालमा पनि परेको बताइएको ५।
आन्तरिक तथा बाह्य कारणबाट नेपालको अर्थतन्त्रसमेत प्रभावित भइरहँदा सर्वसाधारणदेखि राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र समग्र लगानी कर्ताहरुमा चिन्ता बढेको सिबिफिनले जनाएको छ।
अहिलेको यो परिस्थितीलाई सहज बनाउँदै अर्थतन्त्रलाई लयमा फर्काउने सम्भावित उपायबारे नेपाल सरकार र मातहतका निकायलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।