काठमाडौं– नेपाल राष्ट्र बैंकले वैदेशिक बचत पत्र २०८४ ‘क’ निष्काशन गर्ने भएको छ। मंगलबार नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक विज्ञप्ति जारी गर्दै उक्त बचत पत्र आगामी चैत १० गते निष्काशन गरिने जानकारी दिएको हो।
बचत पत्र ५० करोड रुपैयाँको हुनेछ। फागुन १४ गतेदेखि बिक्री खुला भएको बचत पत्र चैत ३ गतेसम्म बिक्री खुला रहने छ। यसको वार्षिक ब्याजदर १२.५० प्रतिशशत लाग्ने छ। उक्त बचत पत्रको ब्याजदर प्रत्येक ६ महिनामा भुक्तानी गर्नु पर्ने छ।
उक्त बचतपत्र खरिद गर्न वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुलाई आवेदन दिन विभागले अनुरोध गरेको छ। साथै, उक्त बचतपत्र खरिद गर्न कम्तीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न सकिने छ।
यो बचत पत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिने छ। प्रत्येक ६ महिनामा प्राप्त हुने ब्याज बचत पत्र खरिदकर्ता आफैंले वा इच्छाएको व्यक्तिमार्फत् भुक्तानी गर्न सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।