काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ३०० रुपैयाँले घटेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।
सोमबार भने होली बिदाको कारण बजार खुलेन। आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ८०० र तेजाबी सुन १ लाख २ हजार ३०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ। आइतबार भने चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।