काठामाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वित्तीय अवस्था, चुनौती र संकटबारे सिंहदरबारमा छलफल सुरु गरेका छन्। आइतबार सिंहदरबारमा भएको छलफलमा सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रका उद्योगी व्यवसायीका प्रतिनिधिहरु सहभागी भएका छन्।
बैठकमा मुलुकको पछिल्लो वित्तीय अवस्थाबारे छलफल हुने र समस्या पहिचान गरेर समाधानका लागि एकीकृत पहल गर्नेबारेमा केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधनमन्त्री प्रचण्डले अध्यक्षता गरेको बैठकमा मुख्य सचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका अधिकारीहरु, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल लागयत बैठकमा सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।