काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै छ। फागुन २३ गते बिक्री हुने ट्रेजरीको फागुन २१ गते आइतबार दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जानकारी दिएको छ।
केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी ३ किसिममा ट्रेजरी बोलकबोल गर्न लागेको हो।
यद्यपि कुल ट्रेजरीमध्ये ३ अर्ब ४ करोड ५० लाख रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको १२ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ।
बैंकका अनुसार २८ दिने ट्रेजरीको २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १ अर्ब ४ करोड ५० लाख रुपैयाँ नवीकरण र ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी हुनेछ। १८२ दिनका लागि भने बैंकले ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिक्री गर्नेछ।
इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले फागुन २१ गते दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाईन आवेदन दिन सक्नेछन्। केन्द्रीय बैंकले यसअघि फागुन १५ गते १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।