काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (१९ फागुन २०७९, शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ।
युरोपियन युरो १ को खरिद दर १३८ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १४० रुपैयाँ ६१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १५८ रुपैयाँ ४५ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ६९ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १८ पैसा छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।