काठमाडौं– साताको अन्तिम कारोबार दिनमा सेयर बजार अघिल्लो दिनको तुलनामा २६ दशमलव ४७ अंकले घटेको छ। नेप्सेका सबै परिसूचकहरु राताम्मे भएका छन्।
बिहीबार कूल १ अर्ब ३३ करोड ६३ लाख माथिको कारोबार हुँदा १९४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १९ कम्पनीको सेयरमा बढोत्तरी भएको छ।
सेयर मूल्यमा गिरावट आउनेमा सबैभन्दा धेरै लघुवित्त उपसमूह छ। यसको मूल्य अघिल्लो दिनको तुलनामा २.६४ प्रतिशतले यानकी १०१ अङकले गिरावट आएको छ।
त्यस्तै, जीवन बीमा उपसमूह १२६ अंकले गिरावट आएको छ। यो अघिल्लोको दिनको तुलनामा १.२६ प्रतिशत हो। यस्तै, बैंकिङ ०.९४, जलविद्युत् १.५७, वित्तिय क्षेत्र १.५६ र अन्य क्षेत्र १.४४ प्रतिशतले गिरावट आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।