काठमाडौं– भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ। प्राप्त नयाँ मूल्यअनुसार भारतले ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ २१ पैसा घटाएर पठाएको छ। यस्तै डिजेलको मूल्य ५ रूपैयाँ ५ पैसा, मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको छ। आईओसीले नयाँ मूल्यसूची पठाए पनि निगमले मूल्य समयोजनबारे केही निर्णय गरेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।