• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

खर्क छैन, के को हर्ष?

64x64
नेपाल लाइभ बिहीबार, साउन ३१, २०७५  ०९:१६
1140x725

मनाङ, ( चामे )  

ओंगेल गुरुङ, ८०, का आँखामा पुराना दिन उनिए। 

पहिला के गर्मी, के जाडो पत्तै हुँदैनथ्यो। १५/२० वर्ष अगाडिसम्मको कुरा हो। गर्मीमा समेत भांग्रा भोटोसँगै चार÷पाँच वटा बाक्ला कपडा लगाउनु पर्दथ्यो। तर, अहिले साधारण ज्याकेटको भरमा पनि जाडो काटिन्छ। पहिला मनाङको धारापानी गाउँदेखि नै हिउँ पथ्र्यो। अहिले यो सर्दै सर्दैमाथि मनाङ पुगिसक्यो। 

ओंगेलले भने, ‘पहिले टिलपिल टिलपिल हिउँका दानेदार रेखाले हिमताल मनमोहक देखिन्थ्यो। अहिले बगरमा परिणत भएर उदाङ्गो देखिनछ। चौँरीखर्कभरि सेता हिउँका थुप्रा महिनाै‌ दिनसम्म बिलाउँदैन्थो तर, अहिले हिउँ पर्दापर्दै बिलाएर जान्छ।’ 

पहिला पहिला एकै व्यक्तिका गोठमा ३-४ सय चौँरी हुन्थे। चौँरीखर्क चौँरीले भरिने गथ्र्यो। अहिले चौँरीखर्क बगर भएका छन्। ओंगेलकै पनि पहिले २०० जति चौँरी थिए। अहिले घटेर ७० वटा मात्र छन्। 

ओंगेलले फेरि आफ्ना ओभाना ओठ चलाए,  ‘गाउँभरिका सबैले चौँरी पाल्ने गर्थे। खर्कभरि एक हजारभन्दा बढी चौँरी चर्थे। अहिले त त्यस्तो छैन। खकै पनि छैन, चौँरी पनि छैन।’
उनका अनुसार त्यतिबेला चौँरी लिएर मनाङ गाउँका गुम्छाङ, याकखर्क, खाङसारमाथिका हिमाली काख हुँदै तिलिचो आधार शिविर र मुस्ताङ नजीकका खर्कमा पु¥याउँदा बर्खा सकिन्थ्यो। हिउँद लागेपछि विस्तारै विस्तारै तलतिर झर्ने चलन थियो। तर अहिले पुराना दिन किंबदन्ती जस्ता लाग्न थालेका छन्। 

मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ। हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन्। उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने चौँरीका लागि चरन क्षेत्र अभाव हुन थालेपछि यस्तो अवस्था आएको स्थानीयवासीको अनुभव छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तप्के गुरुङ, ६५, ले विगत ४० वर्षदेखि नै चौँरी पाल्दै आएका छन्। भने, उहलिे, हिमताल गाउँबाटै शुरु हुन्थे तर, अहिले हिमालको टुप्पोमै हिउँ हुँदैन।’ उनका कुर जलवायु परिवर्तनका साक्षी त हुन् नै, यसको प्रभाव चौँरी पालनमा पनि परेको देखियो। वातावरण खल्बलिएर चौँरीपालन पेशा नै धरापमा परेको उनको अनुभव रहेछ। 

हिमालको काखमा चौँरी गोठ राखेर आफ्नो आधा जीवन चौँरी गोठमा बिताएका नार गाउँका ६० वर्षीय टसी फुुन्जोको पनि कथाव्यथा पनि उस्तै छ। सानै उमेरदेखि चौँरी गोठमा बसेका फुन्जोसँग नारका सबै खर्कको जानकारी रहेछ। काला लेकदेखि चार हजार ६०० मिटर उचाइमा रहेको हिमताल र फुको क्याङदेखि तिब्बतको सिमानासम्मको खर्कमा बस्दाको लामो अनुभव उनीसँग छ। ‘हिउँमा गडेका चौँरी उतार्नदेखि हिउँ चितुवाबाट घाइते चौँरीको स्याहारसुसारसम्मका काम गरियो’ फिस्स हाँस्दै उनले भने, ‘अहिले पनि मलाई चौँरीले पालेको छ। तर पहिलाको जस्तो होइन।’ अहिले गोठमा बसेर चौँरीको दूध, घ्यू, चिज, छुर्पी, नौनी जस्ता परिकार बनाएर उनले खाँचो टार्दै आइरहेका रहेछन्। अहिले चौँरीको ऊनबाट फेर्पा, दोचा, भोटो, भांग्रा, राडी, पाखी, नाम्लोलगायत घरेलु सामान बनाएर बेच्ने मनाङीको संख्या घट्दै गइरहेको उनले सुनाए। 

अग्लाअग्ला हिमालका काखमा रहेका खर्कमा चौँरी राख्ने, जडीबुटी जम्मा गर्ने र हिउँदमा खर्कहरु तल सर्दा जडीबुटी बोकेर झर्ने मनाङवासीको पुरानै चलन हो। लेकमा रहँदाबस्दा जम्मा पारेका जडीबुटी जाडो छल्न बाहिरी जिल्ला विशेष गरी लमजुङ, तनहुँ, कास्की र काठमाडौँ जाँदा बेच्ने वा चामलसँग साट्ने र गर्मी लागेपछि गाउँ फर्कने चलन रहेको मनाङका पुराना चौँरीपालक खम्बा गुरुङले सुनाए। भने, ‘अहिले त खर्क मासिँदै गए, रित्तिदै गए।’

विशेषतः चौँरीखर्क चार हजार मिटरभन्दा माथि रहने हँुदा चौँरीलाई त्यहाँको हावापानी उपयुक्त हुने अर्का चौँरीपालक सुरेश थकालीले बताउँछन्। उच्च हिमाली भेगमा रमाउने यो जङ्गली जनावरलाई स्थानीय बासिन्दाले घरपालुवा जस्तै बनाएकामा उनलाई पटक्कै चित्त बुझेको रहेनछ। ‘चौंरी चराउने चलन पातलिनु राम्रो होइन’ शुरेशले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जलवायु परिवर्तनसँगै बेमौसममा हिमपात हुने र हिमपहिरोले खर्कहरु पुरिने समस्याले गर्दा चौँरी पाल्न असहज भएको स्थानीयवासी खम्बा गुरुङले बताए। आफू दश वर्षको उमेरदेखि चौँरी गोठमा बस्दैआएको र अहिलेसम्म पनि चौँरी गोठमै रमाइरहेको उनको भनाइ छ। चौँरी र खर्कको २० वर्ष लामो अनुभव रहेका उनका अनुसार चौँरी खर्कमा जाँदा आउँदा वरिपरि घोरल, मृग, बँदेल, नाउर जस्ता हिमाली जङ्गली जनावरलाई हिउँचितुवाले लखेटिरहेका हुन्थे। आजभोलि न मृग देखिन्छ, त न हिउँचितुवा। जताततै बगर छन्। 

बर्खा याममा चौँरी लिएर खर्कहरु सार्दै तिब्वतको सीमासम्म पुग्थे गोठालाह । जब हिउँद याम शुरु भएर खर्कमा हिमपात हुन थाल्छ खर्क गाउँको वरिपरि सारिन्थे। निस्याङ–३ का याङदुङ गुरुङको पनि उस्तै अनुभव रहेको छ। उनका अनुसार त्यो बेला गोठाला धेरै भएर तीर हान्ने घोडा दौड गरेर रमाइलो गरिन्थ्यो। अहिलेको जस्तो सधँै हिमपात हुँदैनथ्योे। खर्कमा प्रशस्त घाँस पलाउँथे तर, अहिले हिमपहिरोले सबै खर्कहरु पुरिएका छन्। घाँस उम्रन छाडेको छ। हिमपातले कठ्यांग्रिएर चौँरी मर्थे। 

वातावरणविद् डा भोला विडुवाका अनुसार बेमौसममा हिमपात हुनु, बढी गर्मीका करण हिउँ पग्लिएर हिमपहिरो जानु, खर्कमा उम्रने घाँस लोप हुँदै जानु र चौँरीमा रोगको सङ्क्रमण देखिनु जलवायु परिवर्तनका संकेत हुन्। 

पशु स्वास्थ्य सेवा कार्यालयका अनुसार यस जिल्लामा अहिले तीन हजार २७२ याक र चौँरी रहेका छन्। यहाँका १५ वटा चौँरी फार्म घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन्। त्यस्तै, बिना दर्ताका १५ वटा जाति चौँरी फार्म रहेको बताइन्छ। ‘दिनानुदिन चौँरीको संख्या घट्नुका प्रमुख कारण खर्ककै अभाव हो’ वरिष्ठ पशु विकास अधिकृत डा सूर्यप्रसाद पौडेलले बताए।  चरनको अभाव भएर चौँरीमा कुपोषण, निमोनियजस्ता रोग देखा पर्न थालेको अनुभव पनि सुनाए डा पौडेलले। 

मनाङमा पातलिँदै गएको चौँरी पालनको चलनलाई विगतमा जस्तै ब्युझिँएको बनाउन पहल पनि नभएका होइन। यसबारे बहस र विमर्श पनि भइरहेका छन्। थकालीका अनुसार गाउँ क्षेत्रका खाली पाटनमा चौँरीखर्क बनाउन सकिन्छ। दानाको व्यवस्था गरेर घरमै गाईवस्तुझैँ चौंरी पाल्न सकिने उनको भनाइ छ। जिल्ला वन कार्यालय मनाङका अनुसार ष्यहाँ कसैको पनि निजी खर्क छैन । सबैले सामुदायिक खर्कमा चौँरी राख्ने गरेका छन्। 

सामुदायिक खर्कले ३७ हजार ७६० हेक्टर जमीन ओगटेको अनुमान छ। पछिल्लो समय हिमपहिरोको कारण अधिकांश खर्क बगर बनेका छन्। प्रतिकूल परिस्थितिमा पनि कतिय मनाङवासीमा चौँरी मोह घटेको छैन। उनीहरु वैकल्पिक चौँरीखर्कको आशामा छन्। चौँरीखर्क वरिपरि तारजाली र सोलार प्लेट राखिदिए हिमपहिरो र जङ्गली जनावरबाट धेरै हदसम्म सुरक्षा मिल्ने उनीहरुको विश्वास छ।

‘आधुनिक तरिकाले भए पनि हामी चौंरी पाल्न चाहन्छौं, चौरी हाम्रो परम्परा हो’ मनाङको मुख्य पेशा नै चौँरीपालन भएकाले यस पेशालाई निरन्तरता दिनुपर्ने तर्क गर्दै चौँरीपालक कान्छा गुरुङ भन्छन्, ‘हामीलाई चौंरी चर्ने खर्क चाहियो।’
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्