काठमाडौं– सरकारले विश्व बैंकबाट करिब १३ अर्ब सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ।
पाँच सदस्यीय मन्त्रिमण्डलको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट करिब एक सय मिलियन (१३ अर्ब) ऋण लिनका लागि वार्ता टोली गठन गरेको हो।
उक्त ऋण गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि लिन लागिएको सरकारले जनाएको छ। यस्तै विश्वबैंकले ऋणबाहेक करिब ३.८४ मिलियन डलर अर्थात (५० करोड) अनुदान सहायता पनि दिने भएको छ। वार्ता टोलीले उक्त अनुदानलाई भित्र्याउन छलफल गर्नेछ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।