काठमाडौं– देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय चमेनागृह (सेन्ट्रल क्यान्टिन)मा अखाद्य वस्तु भेटिएको छ। क्यान्टिनमा खानयोग्य अवधि सकिएका खाद्य पदार्थको बिक्री भइरहेको समेत पाइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार सेन्ट्रल क्यान्टिमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी फेला परेको विभागले जनाएको छ।
अखाद्य वस्तुहरुलाई तत्काल नष्ट गरिएको विभागले जनाएको छ। उपभोक्ता हित विरुद्धको कार्य गरेको भन्दै विभागको टोलीले क्यान्टिन सञ्चालन गर्ने ‘कञ्चन चमेना गृह’ र यसका सञ्चालक उत्तम भट्टलाई ३ लाख रुपैयाँ जरिवाना तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।