गुल्मी– चेम्बर अफ कमर्श गुल्मीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न संस्थाको दोस्रो अधिवेशन एवम् तेस्रो साधारण सभाले दुर्गा पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो।
जसको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डे र सीता विक, महासचिवमा यज्ञ प्रसाद पन्थी, सचिवमा प्रेम घिमिरे, सुर्य घिमिरे र हरिकिरण ठकुरी, कोषाध्यक्षमा युवराज पाण्डे र सह–कोषाध्यक्षमा कमल अर्याल चयन भएका छन्।
यस्तै अन्य सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको संस्थाका सल्लाहकार कृष्ण प्रसाद भण्डारीले जानकारी दिए। अध्यक्ष पाण्डे यसभन्दा अगाडि एक कार्यकाल गुल्मी उद्योग वाणिज्य संघकोसमेत अध्यक्ष भइ काम गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।