• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यसकारण कांग्रेसको ‘ढोक्सा’मा पर्‍यो राष्ट्रपति

64x64
डिबी खड्का शुक्रबार, फागुन १२, २०७९  २०:४३
1140x725

काठमाडौं- ‘प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेको छ। यदि यो समर्थनभित्र सदासहायता बोहक, अरु कुरा छैन भने। यदि, यो समर्थन कुनै जालझेल होइन भने। यो समर्थन कुनै ढोक्सा होइन भने स्वागत छ। ढोक्सा हो भने म भन्न चाहन्छु। जाल हो भने म भन्न चाहन्छु। माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ जाल।’

पुस २६ गते नेपाली कांग्रेसले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास मत दिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए। 

एमालेसहित पाँच दलीय गठबन्धनले प्रधानमन्त्री बनाएका प्रचण्ड फेरि पुरानै गठबन्धनमा फर्किएका छन्। कुनै राजनीतिक दुर्घटना भएन भने अब कांग्रेसले राष्ट्रपतिका लागि थापेको‘ढोक्सा’मा माछा परेको छ। यति मात्रै होइन, खोलीको बीचमा बसेर माछा मारिरहेको एमालेलाई  नै किनार लगाइदिएको छ। 

शुक्रबार राति सकिएको ८ दलीय गठबन्धनको बैठकले नेपाली कांग्रेसले सिफारिस गर्ने उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय लिएका छन्। कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपति बन्ने लगभग तय छ। शनिबार बिहान बस्ने कांग्रेस कार्य सम्पादन समितिको बैठकले नाम अनुमोदन गर्ने उक्त पार्टीका एक नेताले जानकारी दिएका छन्। 

गत पुस १० गते नेपाली कांग्रेसले प्रधानमन्त्री बनाउन नखोजेपछि प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका थिए। 

नेकपाकालीन असहमतिलाई नजरअन्दाज गरेर तात्कालिक लाभ हेरेर मिलेका एमाले र माओवादी केन्द्रको सहयात्रा लामो हुन सकेन। विशेष गरी पुरानो घाउ फेरि बल्झिन थालेपछि उनीहरु टाढिएका हुन्। 

कांग्रेसलगायतका दलसँग गठबन्धन गरेर ३२ सिट जितेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्नका लागि मात्रै बालकोटको बार्दलीबाट मुस्कान छाडेका थिए। उनीहरुले आफ्नो पूर्वतिक्तता बिर्सेर नयाँ अध्याय सुरु गरेको बनावटी भंगी देखाएको दुई महिनामै सिद्ध भएको छ। 

पुस १० गते प्रधानमन्त्री बन्दै गर्दा साढे २ वर्षपछि ओलीलाई नै उक्त कुर्सी हस्तान्तरण गर्नुका साथै सभामुख र राष्ट्रपति दिने वाचा प्रचण्डले गरेका थिए। त्यही सम्झाउन पछिल्ला दिनहरुमा ओलीले निरन्तर प्रचण्डसँग भेटघाट गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, बितेका दुई महिनामा परिस्थिति फेरिएको माओवादी केन्द्रको जवाफ रह्यो।  प्रधानमन्त्री प्रचण्ड सचिवालयका अनुसार ओलीसँगको भेटघाटमा प्रचण्डले अवस्था पुस १० कै नरहेको स्मरण गराए। ‘पुस २६ गतेपछि परिस्थिति फरक बनेको छ। कांग्रेसले विश्वासको मत दिएका कारण अविश्वास गरेर राष्ट्रपतिको निर्वाचनमा बाहिर पार्न सकिँदैन। राष्ट्रिय सहमतिबाट राष्ट्रपति छान्ने प्रयास गरौं,’ओलीसँग प्रचण्डको भनाइ रह्यो।

एमालेसँग सत्ता साझेदारी गरेको केही दिनमै प्रचण्डले संकेत समेत गरेका थिए। एमाले, राप्रपा र रास्वपा एकतिर जस्तो देखेपछि प्रचण्डले सर्वदलीय बैठकमै आफू फेरि पुरानै गठबन्धनतर्फ जाने संकेत गरेको एक एमाले नेता बताउँछन्। उनले केही दिनअघि नेपाल लाइभकर्मीसँगको अनौपचारिक संवादमा भनेका थिए,  ‘म साढे १२ बजेसम्म कांग्रेसको र साढे २ बजे एमालेको मान्छे भएको हुँ। जता फर्किदा पनि मलाई अप्ठ्यारो छैन।’

सरकारलाई नियन्त्रण गर्नेगरी एमालेअ अध्यक्ष ओलीको नेतृत्वमा उच्च स्तरीय संयन्त्र बनेकोप्रति उनले त्यो समय असन्तुष्टि पोखेका थिए। 

त्यसपछि रास्वपाका अध्यक्ष रवि लामिछानेलाई गृह मन्त्रालय दिन ओलीले कसेको अड्डीबाट प्रचण्डलाई थप टढ्याएको हो। माओवादी केन्द्रका एक नेता भन्छन्, ‘राप्रपा, रास्वपा र एमाले तीनै शक्ति हाम्रा लागि न अनुकुल रहे,  न उनीहरुसँग मुद्दाका हिसाबले निकटता भयो।’

Xtrem

Xtrem

गत पुस १० गते  अकस्मात् सात दलीय गठबन्धन बनेका कारण पुरानो विषयमा त्यति छलफल हुन पाएन।  विशेषगरी दुईपटक गरिएको संसद् विघठनको विषयमा माओवादी केन्द्रले एमालेबाट आत्मालोचनाको अपेक्षा गरेको थियो।

ओली भने उल्टो त्यसको बचाउमा उत्रिन थाले।  नयाँ संसद् सुरु हुँदै गर्दाको सम्बोधनमा दुईपटक आफूले गरेको संसद् विघटनको प्रयासको बचाउ गर्दै ओलीले भनेका थिए, ‘मैले त शेरबहादुरजीले के गर्नुभएको थियो भनेर पो हेरेको। झन् गुरु मान्दा हमला! नेपाली कांग्रेसले आफैं संसद् विघटन गरेर माघ १९ मा पुर्‍याएको सम्झिएर संसद् विघटन भनेपछि प्रतिगमन ठान्नुहुन्छ। सधैं त्यस्तो हुँदैन।’

यसपल्ट सरकारलाई समर्थन गरिरहेका अन्य दुई शक्ति राप्रपा र रास्वपा  संघीयता विरोधी रहेकाले एमालेबाट जुनसुकै बेला संसद् धरापमा पर्ने आशंका प्रचण्डले गरेका हुन्। 

‘अहिलेको आर्थिक संकटमा संसद् जोगाउन नसक्दा चुनावसमेत गर्न मुस्किल पर्ने अवस्थामा देश पुग्नेछ। त्यसैले संसद्को पूर्ण कार्यकालका लागिसमेत शक्ति सन्तुलन जरुरी छ,’ प्रचण्डले  पदाधिकारी बैठकमा बोलेका कुरा उल्लेख गर्दै एक नेताले भने।

पुस १० गते समर्थन गरेका सातमध्ये दुई दल सुरुदेखि नै सरकारमा सहभागी हुन चाहेनन्। सहभागी भएकोमध्ये रास्वपा बाहिरिसकेको थियो भने जनमत पार्टी सरकारमा रहेर पनि सरकारको अपनत्व लिइरहेको थिएन। 

भएका बाँकी दुई दल राप्रपा र एमालेका मन्त्रीहरु समेत प्रधानमन्त्री प्रचण्डको पकडमा थिएनन्। मन्त्रिपरिषद्‌मा रहेकाहरु कहिले संविधान विरोधी अभिव्यक्ति दिने र कहिले मन्त्रिपरिषद्को बैठकमै उपस्थित नहुने गरिरहेका थिए। सात दलमध्ये कुनै दलसँग पनि हार्दिक सम्बन्ध बन्न नसकिरहेका बेला यता कांग्रेसले ‘ढोक्सा थापिरहेको थियो। 

शुक्रबार साँझदेखि प्रचण्ड फेरि चुनावकै गठबन्धनमा फर्किएका छन्। एक हिसाबले सुरक्षित अवतरण त भएको छ तर अस्थिर नेताको छवि भने थप प्रगाढ भएको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । निर्वाचन समितिका सदस्य सचिव... मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन गृहमन्त्री सुदन गुरुङले आफ्नो मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कुनै पनि पदाधिकारी वा कर्मचारीले गोप्य तथा संवेदनशील सूचना अनधिक... मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने विशेष समितिको बैठक मंगलबार बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठक सार्वजनिक लेखा समितिको हल बस्ने भएको हो। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
घट्यो सुनको मूल्य सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्