काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन दिएको छ।
मन्त्रालयले निर्देशन जारी गर्दै बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न स्वदेशी वस्तु तथा उत्पादन उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बताएको छ।
निर्देशनमा भनिएको छ ‘स्वदेशी उत्पादन र उपभोगलाई प्रोत्साहन गरी बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न, स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादन र उपभोगलाई जोड दिने कार्यक्रम रहेको र उक्त र्काक्रम कार्यान्वयन गर्न सम्पूर्ण सरकारी संघसंस्थाले उक्त निर्देशन पालना गर्नु पर्ने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।