काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ५०० रुपैयाँले घटेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार भने सुनको मूल्यमा कुनै फेरबदल आएको थिएन। बुधबार पनि अघिल्लो दिन, मंगलबारको जस्तै छापावाल सुन प्रतितोला १ लाख ३ हजार र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।