गगन थापा (फाइल तस्बिर) काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाले एक ऋणीले, एक संस्थाबाट मात्र ऋण लिन पाउने निर्देशिका कार्यन्व्यन गर्न राष्ट्र बैंकसँग माग गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले उक्त माग गरेका हुन्।
अति न्यून आय भएकालाई गरिबीको आहालबाट निकाल्ने काम होला भन्ने अपेक्षासहित लघु वित्तकको अवधारण भए पनि कैयन लघुवित्तका कारणले गर्दा गरिबहरु थप थला परेकोले यसलाई नियमन आवश्यक रहेको थापाको भनाइ छ।
‘एउटा ऋणीले एउटा मात्रै संस्थाबाट मात्रै ऋण लिन पाउने प्रवधान थपेर राष्ट्र बैंकको निर्देशिका प्रभावकारी कार्यन्वयन गर्ने कार्य तत्काल गरियोस् भनेर राष्ट्र बैंकसँग आग्रह गर्छु,’ सांसद थापाले भने।
सांसद थापाले अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्ने जहाँबाट पनि ऋण लिन ग्रहाकहरु र अनुमति दिँदै गर्दा हात फैल्याउने, तर सुपरिवेक्षण गर्दै गर्दा मुठी कस्ने राष्ट्र बैंकले गर्दा पनि लघु वित्तमा संकट देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।