काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन्।
मंगलबार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको ७औं वार्षिक साधरण सभामा बोल्दै उपमेयर डंगोलले यस्तो बताएकी हुन्। उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नका लागि व्यवसायीहरुले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी उल्लेख गरिन्।
डंगोलले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रुपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनका लागि व्यवसाय दर्ता गर्न आग्रह गरिन्। उपमेयर डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताइन्।
उनले व्यवसाय औपचारिक रुपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनु भएको उल्लेख गरिन्। उनले दर्ता नभएका व्यवसायीहरुको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको स्वीकार गरिन्।
डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजार बढी रहेको पाइएको पनि बताइन्।
‘काठमाडौं महानगरपालिकाभित्र रहेका उद्योग व्यवसायहरुलाई प्रोत्साहन गर्ने महानगरको उद्देश्य रहेको छ। व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु जरुरी छ। अहिले कतिले अनौपचारिक रुपमा व्यापार व्यवसाय गरिरहनुभएको छ। औपचारिक दायरामा आउनुभएको छैन’, उनले भनिन्, ‘व्यवसायीहरुले महाननगरभित्र व्यवसाय गर्दा व्यवसाय दर्ता गर्नुभएको छैन भने औपचारिक दायराभित्र आउन अनुरोध गर्न चाहन्छु।’
त्यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अत्याश्यक सेवा दिँदै आएपनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको बताए। उनले राज्य र उपभोक्ताबाट उपेक्षित हुनुको प्रमुख कारण सकारको अदूरदर्शी नीति भएको दाबी गरिन्। उनले ग्रिल तथा स्टिल व्यवसायीहरु आफैंले स्टील व्यवसायलाई उचित सम्मान दिन नसकिएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।