काठमाडौं– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन अनुरोध गरेका छन्।
आर्थिक पत्रकार समाज सेजनले सोमबार काठमाडौंमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले उक्त कुरा बताएका हुन्।
यस्तै, नेपालले स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीयस्तरमा समस्या बढी बढ्दै गएको बताएका छन्।
पछिल्ला दिनमा लघुवित्तले ऋणीहरुको घरबारै उठाइदिएको घटनाहरु सार्वजनिक भएपछि राष्ट्र बैंकले मुख खोलेको हो। नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न पनि आग्रह गरेका छन्।
यस्तै, नेपालले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुले खराब काम गरेको भन्दै करेक्शन गर्ने पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।