काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लघुवित्त र मिटरब्याजीलाई कपिलवस्तुमा 'प्रतिबन्ध लगाइएको' जनाएकाे छ।
कपिलवस्तुको पश्चिमी क्षेत्रमा लघुवित्त संस्थाहरु र मिटरब्याजीले आतंक मच्चाएको भन्दै नेकपा कपिलवस्तुले सो क्षेत्रमा 'प्रतिबन्ध लगाइएको' घोषणा गरेको छ।
विप्लव नेतृत्वको नेकपा कपिलवस्तुका इन्चार्ज हेमन्त सी र सचिव पावेल सीले विज्ञप्ति निकाल्दै लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्ध लगाएकाे भन्दै जानकारी गराएका हुन्।
लघुवित्त र मिटरब्याजीले आर्थिक शोषण गरेको, आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।