काठमाडौं– जनता समाजवादीको केन्द्रीय कार्यकारिणीको बैठक विधान अधिवेशनमा केन्द्रित भएको छ। आइतबार बसेको बैठकले पार्टीको अधिवेशन, त्यसको समय र अन्य समसामयिक राजनीतिका विषयमा छलफल भएको छ।
बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद प्रकाश अधिकारीले भने, ‘पार्टीको आजको बैठकमा विधान अधिवेशन गर्ने बारेमा छलफल भयो। साथै समसामयिक राजनीतिका बारेमा पनि कुराकानी भयो।’
उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको गम्भिररुपमा ध्यानाकर्षण भएको बताए। पार्टीमा राष्ट्रपति र उपराष्ट्रपतिबारे औपचारिक निर्णय भने भइनसकेको जानकारी दिए।
सांसद अधिकारीले सबै पार्टीहरुसँग छलफल जारी रहेको उल्लेख गर्दै त्यसबारे पार्टीले पछि निर्णय गर्ने बताए। उनले विचार, सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाएको र त्यसमा छलफल भइरहेको बताए। ्
बहुमत कार्यकारिणी सदस्यहरु सहभागी बैठक जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।