काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानुन परिमार्जन गर्न लागेको बताएकी छन्।
आइतबार राष्ट्रिय समाचार समितिको ६२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म नै अनुभूति हुनेगरी कानुनहरुमा संशोधन गरी नयाँ कानुन बनाउने तयारी गरेको बताइन्। मन्त्री शर्माले सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन, कानुनहरुलाई संशोधन, परिमार्जन र आवश्यक नयाँ कानुन बनाएर सञ्चार क्षेत्रमा समसामयिक सुधार गर्ने बताइन्।
पछिल्लो समय समाचार माध्यमहरुका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ। मन्त्री शर्माले राससले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने औंल्याइन्।
‘सरकारले सञ्चार माध्यमका सम्पूर्ण सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनामा अनुरुप स्थानीय तहसम्म नै अनुभूति हुनेगरी कानुनहरुमा संशोधन, परिमार्जन एवम् नयाँ कानुन बनाइ समसामयिक सुधार गर्न लागिपरेको छ,’ मन्त्री शर्माले भनिन्.
पछिल्लो समय सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक समाचार संकलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।