काठमाडौं– एक वर्षको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु ७ हजारभन्दा बढी भएको औनपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ।
सन् २०२२ को मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै उक्त तथ्यांक सार्वजनिक गरिएको हो। मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गर्दै सन् २०२२ मा ७ हजार ३ सय ७६ मानव अधिकार उल्लघंन र ज्यादतीको घटना भएको बताइएको छ।
सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनकि हुँदै आएको छ।
उक्त पुस्तकको विवरण अनुसार अपरहण ३५, गिरफ्तारका ८१, कुटपिटका ४४८, बाल अधिकार उल्लघंनका १ हजार ४५३, हिरासतमा मृत्यमा ४, अमानवीय व्यवहारमा २५, घाइतेमा २५६, हत्या ३३२, जातीय विभेद २२, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार उल्लंघनका घटना ४०५, धम्की २७, यातना ५, महिला अधिकार हनन् ४ हजार २३८, कारागारमा मृत्यु ५३, वेपत्ता २ गरी ७ हजार ३७६ मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको तथ्यांकमा समेटिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।