काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्वस्छ र निष्पक्ष हुनुपर्ने बताएका छन्। निर्वाचन दिवसको अवसरमा शुभकामना दिँदै प्रमुख आयुक्त थपलियाले पद, पैसा र पहुँचको प्रलोभनमा नभई विचार, सिद्धान्त र इमान्दारिताका आधारमा हुनुपर्नेमा जोड दिए।
ट्विटमार्फत प्रमुख आयुक्त थपलियाले भनेका छन्, 'फागुन ७ लोकतन्त्र, वालिग मताधिकार र निर्वाचनको निम्ति ऐतिहासिक दिन र गौरवपूर्ण दिवस। निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनले प्रभावित नभई निष्ठा, विचार, सिद्धान्त र इमानबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता स्थापित गर्ने प्रेरणा प्राप्त होस्। निर्वाचन दिवसको हार्दिक शुभकामना।
निर्वाचन आयोगले निर्वाचन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।