काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन्।
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औं अखिल भारतीय महाधिवेशनको दुई दिवसीय कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भई उनी आज स्वदेश फर्किएका हुन्।
भारतको पटनामा भएको महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्षनेतासँग भेटघाट गरेका थिए।
पूर्वप्रधानमन्त्री खनालले विश्वमा विद्यमान अन्याय, अत्याचार तथा गरिबी न्यूनीकरणमा विश्व कम्युनिष्ट आन्दोलनको महत्वबारे धारणा राखेको नेता खनालको सचिवालयले जनाएको छ। नेपालमा कम्युनिष्टप्रतिको बढ्दो जनमत र विभाजित वामपन्थी शक्तिबारे पनि उनले सो अवसरमा जानकारी गराएका थिए।
पार्टीको विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, खनालकी श्रीमती रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शंकर खतिवडा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।