जुम्ला– ग्यास लिक हुँदा जुम्लामा एक घरमा आगलागी भएको छ। चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
तीन तले घरको ग्राउण्ड फ्लोरमा आगलागी हुँदा चार वटा कोठा, गल्ली र माथिल्लो तला जाने भर्याङमा क्षति पुथेको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए।
उक्त घरमा भाडामा बसेका नवराज खड्का खाना पकाउँदै गर्दा रेगुलेटरमा आगो निस्केर आगलागी भएको हो। आगो निभाउन खोज्दा ग्यास सिलिन्डर ढलेर अन्य कपडामासमेत आगो फैलिएको जोशीले जानकारी दिए।
आगो नियन्त्रणमा आइसकेको छ। प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।