• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विज्ञापन छपाउँदै कर्ण शाक्यको रिसोर्टले बोल्यो झुट, सर्वोच्चको मुद्दा सार्न चलखेल सुरु

64x64
नेपाल लाइभ बुधबार, साउन ३०, २०७५  ०५:३३
1140x725

काठमाडौं– फेवातालको जग्गा मिचेर बनाइएको वाटर फ्रन्ट रिसोर्टले सर्वोच्च अदालतको आदेशपछि गठन भएको समितिको प्रतिवेदनमा समावेश तथ्य नै गलत भएको आरोप लगाएको छ।

आइतबार एक दैनिक पत्रिकामा विज्ञापन छपाउँदै रिसोर्टले स्थानीयसँग १० वर्षपहिले जग्गा खरिद गरी फेवातालको मापदण्डअनुसार नै भवन निर्माण गरेको दावी गरेको छ।

फेवाताल किनाराबाट ६५ मिटर बाहिरमात्र यस्ता संरचना बनाउनुपर्ने नियममा आफू बसेको दावी विज्ञापनमा गरिएको छ। तर समितिको प्रतिवेदनमा ६५ मिटर बाहिर पर्यटन व्यवसायी कर्ण शाक्यको रिसोर्टको २ वटा संरचना रहेको उल्लेख छ। पोखरा उपत्यका नगर विकास समिति र तत्कालीन सराङकोट गाविसवाट नक्सा स्वीकृति प्राप्त भएको दावी शाक्यले गरेका छन्। तर समितिको प्रतिवेदनमा दुई कित्ता सार्वजनिक जग्गामा समेत भवन निर्माण भएको उल्लेख छ।

होटलबाट निस्कने जैविक फोहोरको व्यवस्थापनका तथा पानी शुद्धीकरणका लागि अन्तर्राष्ट्रिय वैज्ञानिक प्रणाली जडान भएको दाबी रिसोर्टको विज्ञापनमा गरिएको छ। प्रशोधित पानी रिचार्ज प्रणाली, बगैँचा र बाहिरी सरसफाईमा प्रयोगमा ल्याउने गरेको दावी रिसोर्टले गरेको छ। तर, समितिको प्रतिवेदनमा उक्त पानी सिधै फेवातालमा मिसाइएको र नेपाल सरकारको ल्यावमा परीक्षण गर्दा पिउन अयोग्य भएको उल्लेख छ।

होटलको कम्पाउन्ड र तालको बीचमा अन्य व्यक्तिहरुका निजी जग्गासमेत रहेको भनिएको उक्त विज्ञापनमा जग्गामा आवातजावत गर्नका लागि विगतदेखि चलनचल्तीमा रहेको सार्वजनिक बाटो भूमिगत बनाई प्रयोग गरिरहेको भन्ने तथ्य उल्लेख नै गरिएको छैन। अध्ययन प्रतिवेदनमा सार्वजनिक भोगचलनमा रहेको बाटो समेत तत्कालीन गाविससँग सम्झौता गरी व्यक्तिगत प्रयोजनमा ल्याइएको होटलमै कार्यरत रहेका कर्मचारीले बताएको उल्लेख छ। रिसोर्टको विज्ञापनमा सार्वजनिक बाटो मिचिएको कुरा उल्लेख गर्दा अप्ठारो पर्ने भएपछि लुकाइएको हो।

रिसोर्टले सराङकोटको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको दाबी गरिएको उक्त विज्ञापनमा होटलको सेवामा प्रतिकूल प्रभाव पार्ने कुनै पनि समाचार सम्प्रेषण नर्गन समेत अनुरोध गरिएको छ।

समितिले गरेको अध्ययनमा रिसोर्टले आफ्नो मुल गेट नै फेवातालको जग्गामा निर्माण गरेको पाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

असारको पहिलो साता सर्वोच्चलाई बुझाइएको प्रतिवेदनमा पानी शुद्ध पार्ने ट्याङ्क, स्विमिङ पुल, पुलसँगै रहेको शौचालय, ट्रस्ट, बगैचा, गाडी पार्किङ स्थल, मुल गेट र पालेघर तालको किनाराबाट ६५ मिटरभित्र रहेको उल्लेख छ।

तालको जग्गा अतिक्रमण गरे/नगरेको बारे छानबिन गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन गरिएको ६ सदस्यीय समितिले स्थलगत नापजाँच गरेको थियो। समितिका सदस्यहरु अध्ययनका लागि जेठ २३ गते पोखरा पुगेका थिए।

समितिमा नापी विभागका प्रशान्त घिमिरे, मालपोतका कानुन अधिकृत विष्णु घर्ती, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सिनियर डिभिजनल केमिस्ट कल्पना श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हुमनाथ पाण्डे छन्।

—पर्यटन व्यवसायी कर्ण शाक्यको रिसाेर्ट फेवातालको जग्गामा निर्माण भएको अनुसन्धान समितिको ठहर [शृंखला–१]
—पर्यटन व्यवसायी कर्ण शाक्यको रिसाेर्टको मूल गेटसहित ८ वटा संरचना तालको जग्गामा (शृंखला – २)

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले रिसोर्टले फेवातालको मापदण्ड मिचे/नमिचेको छानबिनका लागि समिति बनाई २ महिनाभित्र प्रतिवेदन पेस गर्न गत बैसाख १६ गते आदेश जारी गरेको थियो। सर्वोच्चले ताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना गैरकानुनी भएको ठहर गर्दै त्यस्तो आदेश दिएको थियो।

मुद्दा सार्ने चलखेल सुरु
सर्वोच्च अदालतमा सुनुवाइ नहुँदै समितिको प्रतिवेदन बाहिरएपछि शाक्यले विचाराधीन मुद्दालाई प्रभावित पार्न मुद्दा सार्ने चलखेल सुरु गरेका छन्। सर्वाेच्च अदालत मुद्दा फाँटका एक कर्मचारीका अनुसार शाक्यले आफ्नो मुद्दाको फैसलालाई केही समय पर धकेल्ने प्रयास थालेका हुन्।

२०६८ असार २३ गते अधिवक्ता खगेन्द्र सुवेदीसहितले दायर गरेको निवेदनको पेशी स्थगित गर्ने तयारीमा शाक्यका कानुन व्यवसायी सक्रिय भएको स्रोत बताउँछ।

समितिले रिसोर्टका अधिकांश संरचना अवैध रुपमा तालको जग्गामा निर्माण भएको प्रतिवेदन दिएकाले आफ्नो विपक्षमा सर्वोच्चको फैसला आउने निश्चित भएकाले न्यायाधीशको इजलाश गठन हेरेर स्थगितको निर्णयमा पुग्ने तयारीमा शाक्य पक्ष रहेका छन्। शाक्यले त्यसका लागि काठमाडौंमा रहेका आफ्ना कानुन व्यवसायीहरुसँग समेत परामर्श गरेका छन्।

साउन ३१ मा (भोलि) उक्त मुद्दा साप्ताहिक पेशी सूचीको २०औं नम्बरमा रहेको छ। १ सय ५ वटा मुद्दाको पेशी रहेको उक्त दिनमा चलखेल हुन सके अदालतकै तर्फबाट स्थगित गराउने तयारीमा समेत शाक्यका कानुन व्यवसायी लागेका छन्।

सर्वोच्च अदालत मुद्दा फाँटका एक कर्मचारीका अनुसार शाक्यका कानुन व्यवसायीहरुले अदालतका तर्फबाट स्थगितको सूचीमा राख्न लबिङ गरेका हुन्। बिहीबार उक्त मुद्दा अदालतको तर्फबाट स्थगित हुन सकेमा आगामी पेशीमा केही पटक पक्षका तर्फबाट स्थगित गराउन सकिने रणनीतिका साथ उनीहरु लागेको सर्वोच्चका ती कर्मचारीले बताए।

सर्वोच्च अदालत नियमावली अनुसार २ पटकसम्म पक्षका कानुन व्यवसायीहरुले आफू अदालत उपस्थित हुन नसक्ने भएमा निवेदन दिएर स्थगित गराउँदै सुनुवाइ सार्न पाउने सुविधा छ। उक्त सुविधा २ पटक प्रयोग गर्दा २ महिना पेशी सार्न सकिने भएकाले यस्तो चलखेल सुरु भएको हो।

उक्त मुद्दामा यसअघि नै न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लले सुनुवाइ गरिसकेका छन्। अन्य इजलाशमा उक्त मुद्दा पारेर चलखेल गर्ने दाउमा शाक्यका कानुन व्यवसायी रहेका छन्।

रिसाेर्टले अाइतबार छपाएकाे विज्ञापन

सम्बन्धित समाचार
फेवाताल जग्गा अतिक्रमणबारे पोखराका मेयर भन्छन् – सर्वोच्चको फैसला पर्खेर बसेका छौं

प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  ०५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्