काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म, संस्कार, संस्कृतिले नेपालीकाबीच आपसी सद्भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आइरहेको बताएका छन्।
हिन्दू धर्मावलम्बीको प्रमुख चाड महाशिवरात्रिको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गरेका छन्।
'हाम्रो मौलिक, धर्म, संस्कार, संस्कृति विश्वजगतमा नेपालको साझा चिनारी हुन, यी हाम्रा सम्पत्ति हुन, हाम्रो धार्मिक तथा सांस्कृतिक पर्वका कतिपय विकृत रुपलाई हटाउँदै लैजानेमा ध्यान दिन सबैमा आग्रह समेत गर्दछु', उपराष्ट्रपति पुनले भनेका छन्।
नेपाली सेना दिवसको अवसरमा पनि उपराष्ट्रपति पुनले नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा शुभकामना व्यक्त गरेका छन्।
विश्व शान्ति स्थापनामा खेलिरहेको भूमिका र बढाइरहेको गौरवका लागि नेपाली सेनाको प्रशंसा गर्दै उनले आगामी दिनमा नेपाली सेनाले आफूलाई सुदृढ्, सशक्त र समय सापेक्ष आधुनीकीकरण गर्दै लैजाने विश्वास व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।