काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने विषयमा त्यस अवसरमा महत्वपूर्ण छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।