धनगढी– नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पाँच वर्षसम्म अहिलेको गठबन्धन कायम रहने बताएका छन्।
नेकपा एमालेको ‘ग्राउण्डरूट’ अभियानअर्न्तगत शुक्रबार धनगढीमा आयोजित प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले राष्ट्र निर्माणका लागि अहिलेकै गठबन्धन अघि बढाइने बताएका हुन्।
उनले अहिलेको गठबन्धन नै राष्ट्रको आवश्यकता रहेकाले यही गठबन्धन टिकाउनेगरि अघि बढाउन जरूरी रहेको बताए।
उनले हल्लाका पछि नलाग्न पनि कार्यकर्ताहरूलाई अनुरोध गरे। ‘देशमा हल्ला एकातिर हुन्छ तर, समय परिस्थिति अनुसार स्थिति अर्कै भएका इतिहासहरू छन्। त्यसैले हल्लाको विश्वास नगर्नुहोस्’, पौडेलले भने।
उनले राष्ट्रपति निर्वाचनमा सहमति अनुसार नै अघि बढ्ने बताए। पौडेलले छिट्टै पार्टीले उम्मेदवारको पनि टुङ्गो लगाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।