काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्स बन्ने दाबी गरेका छन्।
शुक्रबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा गरिएको कानुनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले अबको हप्ता १० दिनभित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए।
उनले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको टिप्पणी गरे। उनले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको बताए।
प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताए।
‘राष्ट्रपतिका लागि हामी सकारात्मक र आशावादी छौं। कांग्रेस सबैभन्दा ठूलो राजनीतिक दल हो। संसद्मा हामी सबैभन्दा धेरै संख्यामा छौं। सातै प्रदेशमा हामी सबैभन्दा ठूलो संख्यामा छौं। सबै राजनीतिक दलहरु भन्दा बढी हाम्रो मतभार छ’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति छ। किनभने एमालेले त जुनसुकै बेला प्रतिनिधि सभा विघटन हुन्छ भनिसक्यो नि। जुनसुकै बेला संसद् विघटको चाहना राखेर अघि बढ्ने पार्टीले संविधानको रक्षा गर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।