काठमाडौं– राप्रपा नेपालले देशव्यापी सघन रुपमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ। जनवर्गीय संगठनका पदाधिकारी सदस्यहरु सहभागी प्रशिक्षणको शुक्रबार अध्यक्ष कमल थापाले उद्घाटन गरे।
थापाले वैचारिक रुपमा प्रतिवद्ध र निष्ठावान कार्यकर्ताको जमातसहितको धारिलो संगठनले पार्टीलाई स्थापित गर्ने भएकोले प्रशिक्षणलाई पार्टीले उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए। प्रशिक्षण कर्मकाण्डि नभई विषयकेन्द्रित प्रभावकारी हुनुपर्नेमा थापाको जोड छ।
‘पार्टी र नेतृत्वमाथि योजनाबद्ध र षड्यन्त्रपूर्वक भ्रम सिर्जना गरिएको छ, त्यो तोड्न नेता कार्यकर्ता केन्द्रित हुनुपर्छ। र, यसका लागि जनता केन्द्रित हुन आग्रह गर्दछु’, थापाले भने।
कार्यक्रममा राजानीतिक कार्यदिशा, सम्बर्द्धनवादी दर्शन र जनवर्गीय संगठनको भूमिका विषयमा कमल थापा, सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको आवश्यकताबारे डा विष्णु भण्डारी, पार्टी संगठन निर्माण र परिचालनबारे राजाराम बर्तौला तथा नेतृत्व विकास विषयमा प्राध्यापक नरप्रसाद थापाले प्रशिक्षण दिएका छन्।
संगठन निर्माण र प्रशिक्षण कार्यलाई समानन्तर रुपमा देशव्यापी योजनाबद्ध रुपमा सञ्चालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।