काठमाडौं- चिनियाँ सहायक मन्त्री सिन वाओनको नेतृत्वमा चिनियाँ नेताहरूको एक टोली नेपाल भ्रमणमा आउने भएको छ। उनीहरू फागुन ९ गते काठमाडौं ओर्लिने बताइएको छ।
चिनियाँ टोली दुई दिन काठमाडौंमा रहनेछ। चिनियाँ नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित दलका नेताहरूला भेट्ने कार्यक्रम तय हुँदैछ।
भारतीय र अमेरिकन उच्च अधिकारीहरूले नेपाल भ्रमण गरेलगत्तै चिनियाँ नेताहरू काठमाडौं आउन लागेका हुन्।
यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने तय भएसँगै विदेशी शक्ति राष्ट्रका प्रतिनिधिहरूको काठमाडौं आउजाउ बाक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।