काठमाडौं– आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका बिहीबार सार्वजनिक गरेको छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गरिने उल्लेख छ। यस्तै फागुन २५ गते मतदाता सूचीमा दाबीविरोधको समय तोकिएको छ।
यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ। फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
चुनाव प्रचार–प्रसारका लागि फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्मको समय तोकिएको छ। त्यस्तै चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।