काठमाडौं– एमाले नेताहरुले दुई दिनसम्म गरेको सहमतिको प्रयास असफल भएपछि भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा नयाँ नेतृत्व चयनका लागि मतदान सुर भएको छ।
१७ पदाधिकारीसहित केन्द्रीय समितिका १९९ जना सदस्य चयनका लागि बिहीबार दिनको ३ बजेदेखि मतदान सुरु भएको हो। इलेक्ट्रिक भोटिङ मेसिनमार्फत् मतदान सुरु भएको हो।
एक अध्यक्षका लागि ५ र एक महासचिवका लागि पनि ५ जनाले नै उम्मेदवारी दिएका छन्। अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङछु योञ्जनले उम्मेदवारी दर्ता गराएका छन्।
महासचिवका लागि उमेश आचार्य, कल्पना वाइवा, नरेश रोकाय, भाष्कर खनाल र सुदर्शन शिवाकोटीको उम्मेदवारी परेको छन्।
४ जना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन्। निवर्तमान उपाध्यक्ष झपिन्द्र खत्री, निवर्तमान कोषाध्यक्ष जेनिश लामा, निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीसहित १६ जनाले उम्मेदवारी दिएका छन्।
१० वटा सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन् । यसैगरी कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।