काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक सु्रक्षाको ज्ञारेन्टी गर्न सरकारसँग माग गरेको छ।
बालाजुस्थित लोत्से मलमा तोडफोड र पसलहरुमा चोरी भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्द चेम्बरले व्यावसायिक क्षेत्रमा सुरक्षाको ज्ञारेन्टी गर्न सरकारसँग माग गरेको हो।
चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न मजदुर यातायात संगठनले गरेको आन्दोलनको मौका छोपी काठमाडौंको बालाजुमा रहेको नयाँ बसपार्कस्थित ल्होत्से मलमा रहेका पसलहरुमा तोडफोड गरी लुटपाट भएको घटनामा नेपाल चेम्बर अफ कमर्सको गम्भिर ध्यानाकर्षण भएको छ, दोषीलाई अबिलम्व कानुनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नहरुबाटै क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदछौं।’
यस्तै शान्तिपूर्ण आन्दोलन एवं प्रर्दशन गर्ने अधिकार भए पनि आन्दोलनका नाममा उच्छृङखल गतिविधि, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई पनि नभएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन्। उनले औद्योगिक एवं व्यावसायिक क्षेत्रहरुको सुरक्षाका लागि सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।