• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सुशासन सहितको संघीय प्रणालीको पक्षमा

64x64
नेपाल लाइभ आइतबार, फागुन ७, २०७९  २०:००
1140x725

हामी संघीय प्रणालीको अभ्यासको पाँचौँ वर्षमा छौँ। यो प्रणालीका आधारमा संघ, प्रदेश र स्थानीय सरकारले यही वर्ष आफ्नो कार्यकाल पूरा गरेका छन्। २०७२ मा जारी भएको सविधानपछि पहिलो संघीयता कार्यान्वयनको निर्वाचन २०७४ मा भएको थियो। त्यसैको निरन्तरता अनुसार अर्को कार्यकालको निर्वाचन सम्पन्न हुँदै नयाँ जनप्रतिनिधिहरु आएका छन्।

सञ्चालन प्रक्रियाका कोणबाट अघिल्लो (२०७४-२०७९) कार्यकाल नौलो रह्यो। संघलाई प्रदेश र स्थानीय तहसँग सहकार्य गर्न केही असजिलो महसुस भएको अभ्यास यो खण्डमा देखियो। प्रदेश र स्थानीय तहका लागि त झन् पहिलो अभ्यास थियो, अन्योल हुने नै भइहाल्यो। आगामी दिन यसको अभ्यास कस्तो हुने त्यो समयक्रममा प्रष्ट हुँदै जानेछ।

जब संघीय प्रणाली अपनाइने चर्चा सुरु भयो, त्यतिबेलादेखि यसका पक्षधरहरुले संघीय प्रणालीलाई जादुको लौरोको रुपमा चर्चा गरेका थिए। त्यसैले सबै समस्याको समाधान यही प्रणालीमार्फत हुने अपेक्षा अनौठो थिएन। तर त्यस्तो हुन सम्भव थिएन।

हाम्रा तमाम समस्या समाधान र अपेक्षाको सम्बोधन निरन्तरको सकारात्मक प्रयत्नबाट मात्रै सम्भव हुनसक्छ। खास प्रणालीले त्यसको सुनिश्चित गर्दैन। तर संघीय प्रणाली जनताले अपनत्व लिनसक्ने, शासन प्रक्रियामा उनीहरुको सहभागिता सुनिश्चित हुनसक्ने र पहिचान-सामर्थ्यको सम्बोधन गर्नसक्ने उच्च तहको प्रणाली हो। त्यसैले हामीले संघीय प्रणालीको अभ्यास सुरु गर्दा विकास र समृद्धिको सहजताका लागि मात्रै होइन, सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित हुने उद्देश्य पनि राखेको हो। जुन धेरै हदसम्म पूरा भएको छ वा हुने दिशातिर छ।

पाँच वर्षे अभ्यासका क्रममा कतिपय कमजोरी भए। तीनै तहका सरकारको कमजोरी देखियो। खासगरी सुशासनको सवालमा उनीहरु चुके। यो अवधिमा कतिपय सरकारहरुले राम्रो काम गरेका छन्। उनीहरुको प्रशंसा पनि भएको छ। त्यस्तै कतिपयले जनअपेक्षालाई ध्यान नदिएका होइनन्। तर आम रुपमा भने भ्रष्टाचार गाउँगाउँ पुगेको भाष्य नै स्थापित भयो। यसमा सरोकारवालाहरु आगामी दिनमा गम्भीर हुनै पर्छ। यदि उनीहरु यसमा गम्भीर नहुने हो भने यो प्रणालीले बदनामी भोग्न अब धेरै समय कुर्नु पर्दैन। त्यसैले यो प्रणालीका संवाहकहरुले छिटोभन्दा छिटो सुशासनको लागि सामूहिक प्रतिबद्धता गर्न र सोही अनुसारको व्यवहार अपनाउन जरुरी भइसकेको छ।

अर्कोतिर, संघीय प्रणाली अपनाइएसँगै बढेको प्रशासनिक खर्चको पनि धेरै चर्चा हुने गर्छ। तीन तहको सरकार सञ्चालन र यसका नीतिहरुको कार्यान्वयनका लागि जसरी खर्च बढेको छ, त्यसले जनताको करको दोहन भइरहेको आम बुझाइ छ। जुन अनुपातमा संघीय मन्त्रालय, सांसदहरुको संख्या, यसका विभिन्न विभाग, कर्मचारी छँदै थिए, संघीय प्रणाली अपनाइएपछि त्यसमा उल्लेख्य कमी आउने अपेक्षा थियो। तर ती लगभग यथावत् रहे, बरु प्रदेशमा तिनै संरचना दोहोरिए। अब संघीय सरकारले सकेसम्म थोरै जिम्मेवारी लिने र बढीभन्दा बढी प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न र त्यसका लागि सहजीकरण गर्न जरुरी थियो। किनकि, जनतासँग दैनिकी जोडिएका विषयसँग सम्बन्धित मन्त्रालय पनि संघीय सरकारको मातहत रहनु भनेको केन्द्रीय शासनको धङधङी छाड्न नसक्नु नै हो। यस्तो अभ्यास जसको कुनै औचित्य छैन। संघीय प्रणालीको अनुकूल पनि छैन।

यतिबेला आलोचनाको तारो बनेको छन्, प्रदेशहरु। खासगरी सांसद संख्या, मन्त्रालय संख्या, मन्त्रालय टुक्र्याउने र जोड्ने काममा मनोमानीले त्यस्ता आलोचनालाई बढाउने काम गरेको छ। अर्कोतिर, २०५० को दशकमा तत्कालीन केन्द्रीय सरकार बनाउन र भत्काउन चालिएका बदनाम खेलहरु प्रदेशले दुरुस्तै नक्कल गरेपछि प्रश्न उठ्नु स्वाभाविक पनि हो। मन्त्रालयको नाम र काममा केन्द्रसँग दोहोरोपन भएका छन्। त्यसैले संघीय सरकार र स्थानीय सरकार भएपछि यो किन चाहियो? भन्नेहरु छन्। त्यसको जवाफ संघीय सरकारको नेतृत्व गर्ने र सहभागिता जनाउने दलहरुले दिनुपर्छ। त्यस्तो जवाफ व्यवहारमार्फत दिनुपर्छ।

प्रदेशलाई हरेक कोणबाट औचित्यरहित बनाउने प्रयत्न संघीय शासनमा हालिमुहाली गरिरहेकाहरुबाट पहिल्यैदेखि भइरहेको थियो। कुनै प्रधानमन्त्रीले यसलाई संघको इकाई भनेर परिभाषित गरे, कसैले यसको अधिकार क्षेत्रलाई संकुचित गराउने गरी मन्त्रालय निर्धारण गरिने घोषणा गरे। त्यस्ता अभिव्यक्ति संविधानको मर्म विपरीत थियो। जबकि, उनीहरु प्रदेश सरकारलाई चाहिने कानुन निर्माण, कर्मचारी समायोजन र स्रोत वितरणमा इमानदार नभएको देखियो।

Ncell 2
Ncell 2
nimb
nimb

आज प्रदेश सरकार त छन् तर सरकारका लागि अत्यावश्यक प्रहरी समेत छैनन्। कर्मचारीमा संघकै तजबिजी छ। मुख्यमन्त्रीहरु निरीह छन्। प्रदेशकै संरचना र अधिकार क्षेत्रलाई त संविधान निर्माणकै बेलामा जथाभावी गरिएकै थियो, भएकै अधिकार कार्यान्वयन गर्न सक्ने गरी सबल बनाउने प्रयत्न पनि भएको छैन। त्यसैले संघीय सरकारको हेपाइ र जनताको आलोचनाको मारमा परेका छन् प्रदेशहरु। तिनलाई बलियो र औचित्यपूर्ण बनाउन जरुरी छ।

मुख्यतः पार्टीहरुले आफूलाई संघीय प्रणाली अनुकुल बनाउन जरुरी छ। त्यसले संघीय प्रणालीमा प्राण भर्न महत्त्वपूर्ण भूमिका खेल्छ। तर अहिले पार्टीहरुले संघीयता अनुकूल अभ्यास र सांगठनिक संरचना बनाएका छैनन्। स्थानीय तहको निर्वाचनका बेलामा समेत पार्टी केन्द्रले विभिन्न दलसँग तालमेल गर्ने र उम्मेदवारी टुंग्याउने गरेको देखिन्छ। पार्टीको तत्‌तत् संरचना जति बढी शक्तिशाली हुन्छन्, जति बढी संघीयता अनुकूल बन्छ, त्यति नै त्यहाँको तत्‌तत् तहको शासन प्रणालीमा पनि त्यही किसिमको शक्ति प्रतिबिम्वत हुन्छ। सोही अनुसार राज्य सञ्चालनमा भूमिका रहने अन्य संरचनाहरु पनि संघीय प्रणाली अनुसार हुन सक्यो भने संघीय प्रणाली बलियो हुन्छ।

राज्य सञ्चालनका लागि विश्वभर अपनाइएका जुनसुकै प्रणालीमा पनि कमजोरी छन्। तर हामीले भने धेरै थरीका शैली अपनाएर यो प्रणाली अपनाउन आइपुगेका हौँ। यो हाम्रो लागि नयाँ अनुभव पनि हो। त्यसैले यसको अभ्यासको क्रममा देखिएका कतिपय कमजोरीलाई विस्तारै सुधार गर्दै जान सकिन्छ। जसको पहिलो सर्त हो, जनताबाट व्यक्त भएका आलोचनालाई सुन्नुपर्छ र कमजोरीलाई सुधार गर्नुपर्छ। प्रश्नहरुको व्यावहारिक जवाफ दिनुपर्छ। मुख्यतः सुशासन सुनिश्चित गर्नुपर्छ। जथाभावी भइरहेका खर्चलाई चित्तबुझ्दो ढंगले न्यूनीकरण गर्नुपर्छ। सबै वर्ग र समुदायको शासन प्रक्रिया र निर्णय प्रक्रियामा सहभागिता बढाउँदै लैजानुपर्छ। 

कोरोना महामारीमा जसरी स्थानीय तहले आफूलाई प्रमाणित गर्न सफल भए यसले संघीयताको आवश्यतालाई पुष्टि गरेको छ। जनताको सेवा घरदैलोमा दिने अभ्यास अहिले पनि धेरै स्थानीय सरकारहरुले अब्बल तरिकाले गरेका छन् जसले गर्दा जनताले यसलाई सहज रुपमा ग्रहण गरेको देखिन्छ। तर केन्द्रीय मानसिकताका कारण कर्मचारी नजाने समयमा नपठाउने अभ्यासले भने अप्ठारो सिर्जना गरेको छ। त्यस्तै केन्द्रले बनाउने पर्ने संघीय कानुन समयमै बनाएर नदिँदा प्रदेश र स्थानीय सरकार मर्कामा परेका छन्। उनीहरुलाई यसको असर जनतालाई डेलिभरी दिने कुरामा परेको छ। यसको समाधान जति छिटो गरिन्छ त्यति नै संघीयताको कार्यान्वयनमा फाइदा हुनेछ। 

Xtrem

Xtrem

नेपालमा कतिपय शक्तिहरु संघीयता विरोधी भए पनि विद्रोही छैनन्। उनीहरुले सैद्धान्तिक रुपमा यो व्यवस्थाको विरोध गरिरहेको भए पनि व्यावहारिक रुपमा भने अपनाएकै देखिन्छ। विस्तारै उनीहरु पनि यसमा अभ्यस्त हुनेछन्। अपनत्व र अभ्यस्तताले नै यो प्रणाली बलियो बन्दै जानेछ। तर यतिबेला बढी जिम्मेवारी र जवाफदेही हुनुपर्ने भनेको संघीयता पक्षधरहरु नै हो।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्