• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रविलाई गृहमन्त्री बनाउन किन चाहँदैनन् प्रचण्ड?

64x64
नारायण अधिकारी मंगलबार, माघ १७, २०७९  १८:५६
1140x725
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने। फाइल तस्बिर।

काठमाडौं– गत पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिए। 

त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार नहुन्जेलका लागि सरकारको प्रवक्ताको जिम्मेवारी लिन गृहमन्त्री समेत रहेका लामिछानेलाई आग्रह गरेका थिए। तर, प्रधानमन्त्री प्रचण्डको उक्त प्रस्ताव लामिछाने ठाडै अस्वीकार गरिदिए। लामिछानले अस्वीकार गरेपछि उक्त जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेललाई दिइएको थियो। 

प्रष्ट वक्ता रहेका कारण प्रधानमन्त्रीले उनलाई प्रवक्ताको जिम्मेवारी दिन खोजेका थिए। तर, प्रधानमन्त्रीको प्रस्ताव लामिछानेले अस्वीकार गरेपछि मन्त्री बनेकै दिन रवि र प्रचण्डबीच सम्बन्ध सुमधुर बनेको देखिएन। तैपनि प्रधानमन्त्री प्रचण्डले काम गर्न कुनै पनि मन्त्रीलाई हस्तक्षेप नगर्ने बताउँदै नतिजा महसुस हुने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिए।

यो विषयमा गृहमन्त्री लामिछानेले समेत प्रधानमन्त्रीबाट काममा कुनै हस्तक्षेप नहुने बताइसकिएकाले कसैको दबाब र प्रभावमा परेर काम नगर्ने र जनताले महसुस हुनेगरी काम गरिने बताएका थिए। जिम्मेवारी सम्हालेको भोलिपल्टै पुस १२ गते मन्त्रालयलाई विज्ञप्ति जारी गर्न लगाउँदै कार्यविधि विपरीत राखिएका सुरक्षाकर्मीहरू ४८ घण्टाभित्र फिर्ता गर्न रविले निर्देशन दिए।

गृहको उक्त निर्देशनपछि प्रधानमन्त्री कार्यालय बालुवाटारमा खटिएका सुरक्षाकर्मी समेत भारी मात्रामा कटौती भयो। यसको असर केही दिनमै यतिसम्म देखियो कि प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्र लेख्दै हामीलाई सुरक्षाकर्मी उपलब्ध गराऊ भनेर याचना गर्नुपर्ने समेत अवस्था आएको थियो।

पुस १९ गते प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्र लेख्दै ३५ सुरक्षाकर्मीको विवरणसहित उनीहरूलाई नचलाउन निर्देशन दियो। उनीहरू सबै सवारी चालकहरू थिए। प्रधानमन्त्री सचिवालय र निवासमा काजमा खटिएका उनीहरूलाई यथावत रुपमै राख्नुपर्ने प्रधानमन्त्री कार्यालयको निर्देशन थियो। 

PM_ofc-latter1675170017.jpg
प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पठाएको पत्र।

गृहमन्त्री लामिछानेले सुरक्षाकर्मी फिर्ता गराउँछु भनेको उक्त निर्णय एक साता पनि टिक्न सकेन। प्रधानमन्त्री कार्यालयमा आवश्यक रहेका सुरक्षाकर्मी अनावश्यक रहेको भन्दै फिर्ता लैजान खोजेपछि प्रधानमन्त्री र गृहमन्त्रीबीच दिलदार सम्बन्ध बन्न सकेन।

त्यसपछिका दिनहरूमा पनि प्रधानमन्त्री र गृहमन्त्रीबीचको सम्बन्ध सुधारका सकारात्मक पाटाहरू देखा परेनन्। नागरिकको सुरक्षासँग जोडिएको संवेदशील मन्त्रालयको जिम्मा सम्हालेका मन्त्री लामिछानेका त्यसपछिका गतिविधिप्रति पनि प्रचण्ड सन्तुष्ट हुन सकेनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गृह मन्त्रालयको दैनिक काम कारबाहीहरूमा प्रधानमन्त्रीसँग समन्वय र छलफल भन्दा पनि बालकोट (एमाले अध्यक्ष केपी शर्मा ओली निवास)को इसारामा काम हुने गरेको रिपोर्ट प्रचण्डलाई हुने गरेको थियो। 

मन्त्री भएकै भोलिपल्ट पुस १२ गते प्रहरी संगठनका उच्च अधिकारीसहित ओली निवास बोलकोटमा गृहमन्त्री लामिछानेले लामै छलफल चलाएका थिए। पुस १२ गते राति ७ बजेर १४ मिनेटमा अर्थमन्त्री विष्णु पौडेल बा २ झ ३७३३ नम्बरको गाडी चढेर ओली निवास बालकोट पुगेका थिए।  

त्यसको करिब एक घण्टापछि ८ बजेर १७ मिनेटमा गृहमन्त्री लामिछाने पनि ओली निवास पुगेका थिए। लामिछाने बालकोट पुगेपछि भने प्रहरीका उच्च अधिकारीको लर्को बालकोटमा लागेको थियो। पछि १ एआईजी र २ डीआईजी गृहमन्त्री लामिछाने पुगेको १० मिनेटपछि ८ बजेर ४० मिनेटमा बालकोट पुगेका थिए। उनीहरूमध्ये १ डीआईजी त बर्दीमै थिए। उनीहरू बालकोटमा १ घण्टाभन्दा बढी भलाकुसारी गरेर राति ९ बजेर ४७ मिनेटमा ओली निवासबाट बाहिरिएका थिए। 

बालुवाटार पुगेको यो गोप्य सूचनाबाट प्रधानमन्त्री प्रचण्ड भने खुशी थिएनन्। प्रधानमन्त्रीसँग समन्वय र सल्लाह गरेर भन्दा पनि बालकोटको इसारामा लामिछाने चल्न थालेपछि प्रधानमन्त्री र गृहमन्त्रीबीच झनै दूरी बढेको स्रोतको बुझाइ छ। त्यसको केही समयपछि निस्केको डीआईजी, एसएसपीहरूको सरुवामा प्रति पनि प्रचण्ड खुशी छैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बालकोटप्रति बफादार बनेको बुझाइबाट असन्तुष्ट रहेका बेला सर्वोच्च अदालतले लामिछानेको मन्त्रीदेखि सांसदसम्मको पद खारेज गर्‍यो। त्यसपछि गैरसांसद बनेका लामिछाने अहिले पनि गृहमन्त्री बन्न जोडबल गरिरहेका छन्। तर, गैरसांसदको कारणलाई देखाउँदै प्रचण्ड अहिले उनलाई मन्त्री बनाइहाल्ने पक्षमा छैनन्। अहिले गैरसांसद भएकाले मन्त्री नबनाइएको बताए पनि खासमा मन्त्री हुँदाकै बखत बालुवाटार भन्दा पनि बालकोटप्रति वफादर हुनुले नै लामिछानेलाई पुनः गृहमन्त्री बनाउने मुडमा प्रचण्ड नरहेको स्रोतको बुझाइ छ।

‘पहिला पनि मन्त्री बनाउने बेलैमा रविविरुद्ध मुद्दा चलेकै थियो। नेपाली नागरिक हुन्/होइनन् भन्ने विवाद चलेकै थियो। दोहोरो पासपोर्टको अनुसन्धान प्रहरीले गरिरहेकै थियो। त्यति हुँदा पनि मन्त्री बनाइयो’, स्रोतले भन्यो, ‘तर, अहिले भने मुद्दा चलिरहेको र सांसद नै नरहेको पाटो त अर्को भइहाल्यो, त्यसभन्दा पनि मन्त्री भएकै बेलाको खटपट मुख्य कारण रहेको पाइन्छ।’

अर्कोतर्फ अहिलेको गठबन्धनबाट प्रचण्ड टाढिन खाजेको पनि आरोप लागेको छ। नेपाली कांग्रेसले सरकारलाई साथ दिएको र कांग्रेसकै समर्थनमा प्रधानमन्त्री बनेर सरकार चलाउँदा अहिलेको भन्दा कम्फर्टेबल हुने प्रचण्डको बुझाइ छ। अहिलेकै गठबन्धलाई निरन्तरता दिँदा ओलीले चाहेका व्यक्ति राष्ट्रपति बन्ने र साढे २ वर्षपछि माओवादीले सबै गुमाउनुपर्ने अवस्था आउने भएकाले माओवादी केन्द्रले पनि राष्ट्रपतिमा सर्वमान्य व्यक्तिको खोजी हुनुपर्ने निर्णय गरिसकेको छ। जसकारण रविको मुद्दालाई इस्यु बनाएर प्रचण्ड यो गठबन्धन नै टुटोस् भन्ने पक्षमा समेत रहेको आरोप लाग्ने गरेको छ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्