• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
नियात्रा

यात्राको लहरीमा लहरिँदै ऐतिहासिक मकवानपुर गढी

64x64
प्रदीप सापकोटा शनिबार, माघ १४, २०७९  ०७:२७
1140x725

सबेरै नगरपालिकाको गाडी घर अगाडि टक्क रोकियो। कृष्ण भाइले हर्न बजाए।

म तयार भइसकेको थिएँ। आमाबुबालाई निस्केको जानकारी गराएर गाडी चढेँ। नगरपालिकामा केही आवश्यक कागजपत्र लिएर ८ बजे रमेश दाइलाई उहाँकै घरबाट पिकअप गरी वीरगञ्जसम्मको यात्रा आरम्भ गरियो।

वीरगञ्ज उच्च अदालतमा नगरपालिकाकोे एउटा मुद्दा पेसीका लागि हिँडेका हौँ हामी। हाम्रो टोली कान्ति लोकपथबाट अगाडि बढ्यो। चापागाउँ पुग्दा बिहानको करिब ११.३० बजेको छ।

‘यहाँभन्दा उता खाना खान समस्या पर्नसक्छ सर, खाना चाहिँ यतै खाऊँ,’ कृष्णले सुझाए। खाना खाने समय घर्किन लागिसकेको थियो। हामी त्यहीँ खाना खान्छौँ। र, अघि बढ्छौं।

तन्कँदो छ हाम्रो यात्रा विस्तारै। प्रचण्ड घाममा गफिँदै टीकाभैरब बजार कटेर उकालो लाग्यौं।

रमेश थापा हाम्रो नगरपालिकाका नायब सुब्बा हुन्। उनलाई न्यायिक समितिको उजुरी प्रशासकको रुपमा कार्य तोकिएको छ। उनी म भन्दा उमेरमा मात्र नभएर हरेक कुरामा पाका छन्। हामी असाध्यै मिल्छौँ। एकअर्काका हरेक कुरा हामीबीच सेयरिङ हुन्छ। उनी असाध्यै मिलनसार छन्। नगरपालिकाको नजिकै उनको घर छ। सवारी चालक कृष्णबहादुर आचार्य भने कुशादेवीका हुन्। उनी अत्यन्तै फरासिला छन्। सहयोगी पनि उत्तिकै।

हामी उकालोमा एकछिन रोकिन्छौं। यहाँको मौसम बडो घमाइलो छ। घाम पनि छ। हुस्सु पनि लागेको छ। बतास चलेसँगै रमाउँदै छौँ हामी। हामीले टिकटक पनि बनायौं। फेरि लाग्यौँ माथितिर। बास्तवैमा हामी निष्फिक्री छौँ। भाग्यले मात्रै भेटिन्छन् बाबै यस्ता सुन्दर पल। रमेश दाइको अनुहार पढ्छु, उनी पनि पुलकित छन्।

उनी घर छोडेर विरलै टाढाको यात्रा तय गर्छन्। पर गुराँस हामीलाई हेरेर मुस्कुराइरहेछ। उसका नयनहरू अत्यन्तै हर्षित भएझैं लाग्छ हामीलाई देखेर। इष्र्या लाग्छ मलाई उसको मुस्कान देखेर। चोर्न मन लाग्छ त्यो निर्वाध र स्वच्छ मुस्कान। तर सके पो। साँच्चै फूल जस्तै दिल खोलेर हाँस्न मान्छेलाई गाह्रै पर्ने रहेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंबाट झण्डै ९० किलोमिटरमा हेटौंडा पुग्न सकिने यो लोकपथ सबैतिर पिच भइसकेको छैन। अहिले हामी ललितपुरको तीनपानेमा छौं। हामी रोकिएका छैनौँ। झाँक्रीडाडाँ,छपेली हुँदै काल्चे पुगेर रोकिन्छौँ। घिमिरेको सानो खाजा घरमा सामान्य खाजा र चिसो खाएर सुन्दर दृष्यपानमा रम्छौं।

मलाई असाध्यै रमाइलो लाग्छ। तल बागमती बगेकी छे। पारी अग्लो डाँडा,सडकको माथितिर भीर। डोजरले कोतरेर खाटा बसेको छ पहाडमा अहिले। त्यही भएर होला दिल खोलेर हाँस्न सकेको छैन त्यो पहाड। 

‘किन मलाई छियाछिया पार्छन् निष्ठुरी मान्छेहरू। हे प्रदीप, किन मेरो शरीरलाई पीडा दिन्छन् मान्छेहरू?मेरो दैनिकी सुरक्षित छैन नि,’ पहाडले मलाई साउती गर्छ। म निर्धक्क भन्छु, ‘त्यो त तिम्रो नियती हो पहाड। नियमित प्रक्रिया हो। मान्छेको यात्रालाई सहज बनाउन तिमीले यति त्याग त गर्नैपर्छ। यसमा तिमी मन नदुखाऊ,’ म पहाडलाई जवाफ दिन्छु। तर पहाड सन्तुष्ट छैन मेरो उत्तरमा। ‘तिमीप्रति ऋणी छौँ हामी मान्छे। तिमीले हाम्रा यात्राहरू सजिलो गर्न यति दुःख त ब्यहोर्नै पर्छ। यति भन्दा पनि पहाडको रुप र सौन्दर्य बिग्रिएकोमा म पनि दुःखी बन्छु,’ म मनमनै भन्छु।

घिमिरे दम्पती साह्रै सज्जन रहेछन्। उनका एक मात्र छोरा। १२ कक्षा पास गरेर पढाइ रोकेका रे। रमेश दाइले‘पढ्नपर्छ भाइ अझै’ भन्दा ती भाइको जवाफ सुनिन्छ, ‘मलाई मान्छेले ठग्न सक्दैनन्। यति भए पुगि गो नि। यहाँ पढेर हुन्छ के । म त यहाँ पैसा लगानी गरिदिने मान्छे पाए रिर्साेट चलाउँथेँ।’ 

Xtrem

Xtrem

नेपाली शिक्षाप्रति नयाँ पुस्ताको केटाको बुझाइ देखेर म दंग परेँ।

हामी बगुवाबाट बागमती नदी तरेर उभों लाग्छौँ। अहो! फोहोरको फिँजसँगै बग्दैछे बागमती। हरे! हामी मान्छे प्राकृतिक श्रोत र साधनको दोहन र फोहरी चरित्र। प्रकृतिको सुरम्य छटालाई मानव निर्मित फोहोरले पोतिदिएर कुरुप बनाइदिन्छौं। सभ्यताको वास्तै छैन हामीलाई। आफ्नै स्वार्थ पूरा गर्न पाए भै’गो। छताछुल्ल पोखिन्छ मन भावुक भएर। सायद दुनियाँको सुन्दर सृष्टि मान्छे र सबैभन्दा स्वार्थको गन्धमा रमाउने प्राणी पनि मान्छे होला। यस्तै अनुभूतिले मनलाई विरोचित गरिह्यो।

सिमात पुगेर एकछिन रोकियौं हामी। यात्रा अत्यन्तै शान्त छ। सवारी साधनको आउजाउ खासै छैन, एकाध मोटरसाइकल र केही साना गाडी बाहेक। पर केही बाख्रा चरिरहेका देखिए। यात्राले थरिथरिका अनुभव संकलन गर्न सघाउ पु¥याउँछ। मलाई थाहा छ, यत्रतत्र छरिएका सुन्दरताको दृष्यापान गर्न पाइन्छ। विषयहरूको विविधताको ज्ञान नै यात्राको वैशिष्ट्य हो भन्ने लाग्छ मलाई। स्थानीयताको पहिचान थाहा पाउन सकिन्छ त्यसैले त मलाई यात्रा गर्न औधी रहर लाग्छ। स्थानीय चिजबिज लगायतका कुराहरूसँगको स्पर्श आहा! शब्दमा उन्न औधी गाह्रो। 

मेरा मनका औडाहालाई शान्त पार्छन् यात्राले। हरपल कौतूहल र चासो बढाइदिन्छ। देखेका प्राकृतिक छटाहरूसँग आँखा जुधाउँछु म। आफूतिर तान्छन् तिनले मलाई।

अघि बढ्दै जितपूर पुगियो। यतातिर बाख्रा पालन व्यवसाय फस्टाएको रहेछ, सायद। सडक किनारामा हुलका हुल बाख्रा चरिरहेका भेटिए। तर आधुनिक रुपमा हैन परम्परागत रुपमा पालिएको छ। हामी ओरालो झर्दै थियौं। पातला बस्तीहरू भेटिए। एकाध साना साना पसल पनि। नयाँ बाटो भएर होला सडक नजिक बस्ती छैनन्।

मकवानपूर गढी–२ मा पुगियो। नाम सुनेको तर नपुगेको ठाउँ। कौतुहलता र हुटहुटी भनिसाध्यै छैन। यो अजनबी ठाउँको चुम्बन नगरी अगाडि बढ्ने मनै भएन। 

‘रमेश दाइ,यो ऐतिहासिक ठाउँ हो। यहाँ केहीबेर अवलोकन गरौं है,’ मैले मनको चाह बताएँ। उनले नकार्ने कुरै थिएन। कृष्णले गाडीलाई छेउमा लगेर रोके। ओर्लेर सोधे। करिब तीन सय मिटर मूल सडकबाट माथि ढलान बाटो गएपछि गढीको प्रवेशद्वार आउँछ रे। हामी लाग्यौँ मूल सडक छाडेर माथितिर। 

वरिपरी साना साना टिनका छानाले बनाइएका पसल, होटल रहेछन्। ऐतिहासिक मकवानपूरगढी प्रवेशद्वार लेखिएको गेट रहेछ। यहाँ केही स्न्याप तस्बिर लिन्छौँ हामी। त्यहाँबाट सिंढीहरू लगाइएको छ, चढेर हामी माथि जान्छौँ। सिँढीको दायाँबायाँ फलामको रेलिङ हालेर रङ्ग्याइएको रहेछ।

अलिक माथि गएपछि दायाँतिर सेतो रङको हात्तीको मूर्ति रहेछ। हामीलाई त्यहाँको बारेमा जानकारी दिने सज्जनका अनुसार उतिबेलाका सेनबंशी राजा हेमकर्ण सेनको साह्रै प्यारो हात्ती मरेपछि त्यहाँ गाडिएको थियो रे। वरिपरि अडेस लागेर दुई जना आरामसँग बस्न मिल्ने कुसी राखिएका रहेछन्।

सिँढी सकेपछि ब्लक छापिएको छ तेर्साेमा। सबैतिर कम्पाउण्ड घेरिएको छ। विभिन्न जातका फलफूलका बोट,कपूर लगायतका वनस्पति रोपिएको छ। यसैगरी विभिन्न फूल प्नि छन् यहाँ। चौतारी पनि बनाइएको छ। सल्लाको रुखमूनि बस्नको लागि कुर्सी राखिएका छन्, जसको भित्तामा चित्ताकर्षक खालका चित्र कुँदिएका छन्। कसको मन नलोभिइ रहनसक्ला? ऐतिहासिक महत्व बोकेको ठाउँ,यहाँबाट देखिने पहाडी मनोरम श्रृंखला बस्ती। 

त्यो कलात्मक हरियालीयुक्त सौन्दर्यले जो कोहीलाई मन्त्रविभोर पार्छ। पर तर अलिक तल देखिएको खेती गरिएको समथर मैदान होस् वा पारीपट्टि देखिने अग्ला डाँडा। जताततै जाने बाटाहरू उत्तिकै देखिन्छन्। ती बाटा देख्दा यस्तो लाग्छ, विकासको वर्तमान मोडेल नै परिवर्तन गर्नुपर्छ। एकिकृत बस्ती विकास गर्न सक्नुपर्छ। तर यसमा कसैको ध्यान पुगेको छ्रैन। फलतः एक दुई घर भएको ठाउँमा समेत बाटो बनाउनु परेको छ। 

हामी अलिक पर तेर्साे लाग्छौँ। दुई जना स्कुले उमेरका नानीहरूले फुटपाथमा पसल थापेका छन्। पानीका केही बोतल,कुरकुरे,चाउचाउ जस्ता जंक फुड,खैनीका प्याकेट,बदाम आदि आदि। हरे स्कुल जाने उमेरका नानीहरू यहाँ जीविकोपार्जनका लागि बसेका छन्। मन नै अमिलो हुन्छ मेरो।

हामी अघि बढ्यौँ। बाटोको दाहिनेतिर रूख बिरुवाहरू, देब्रेतिर गढीको मूख्य आकर्षण केन्द्र मकवानपूरगढी छ। गढीको वरिपरी गहिरो गरी खनेर खाडल पारिएको रहेछ। सायद उतिबेला दुश्मन गढीमा प्रवेश गर्न नसकोस् भनेर होला। राष्ट्रवादी जोश बोकेका नेपाली सेनाहरू साहसका साथ शत्रु फौजको सामना गरे होलान् यहाँ। 

आफ्नो भूमि जोगाउने,आफ्नो माटोमा शत्रु फौजले परेड खेल्न नसकोस् भनेर छातीभरि अदम्य सहास र मनमा दृढ विश्वास बोकेर शत्रुको मुकाविला गरे होलान् यो किल्लाबाट। अनायासै मन पुलकित भयो। गर्वले छाती पनि उँचो भए झैं भान भो। यही हो मेरो मनको चेतनाको परिधि।

शान्त छ। पूरै हरियाली सौन्दर्य। गढीले सद्भाव र प्रेमको तुल विछ्याएर स्वागत गरे जस्तो महसुस हुन्छ मलाई। हामी आउने खबर पाएर पो हो कि! अघिको गर्मी त कहाँ बिलायो खै! 

शितलताले गढीको आँगनमा स्वागत गरेको छ। यो गढी ऐतिहासिक छ। यो गढी आधुनिक नेपाल स्थापना पूर्व एक सय सन्तानब्बे बर्षसम्म सेन वंशीय राजाहरूको राजधानी थियो। यो सेन बंशीय राजाहरूको दरबार नेपाल एकीकरणका सूत्राधार पृथ्वी नारायण शाहको ससुराली पनि हो। पुराना मन्दिर,दरबारको भग्नावशेष पर्खाल,सुन्दर प्रवेशद्वार जहाँबाट बाहेक दरबार प्रवेश गर्न नसक्ने गरी पर्खाल लगाइएको रहेछ। उतिबेलाको सामरिक महत्वको गढी हो यो। 

नेपाल एकीकरण अभियानमा विसं १८१९मा पृथ्वी नारायण शाहले मकवानपूर विजय हासिल गरेका थिए। त्यतिखेर हेमकर्ण सेनका छोरा दिगबन्धन सेन राजा थिए। उनले पृथ्वी नारायण शाहसँग आफ्नी बहिनी इन्द्रकुमारीको विवाह गरिदिएका थिए। उनको हार भएपछि बंगालका नवाव मिरकासिमसँग सैन्य सहयोग मागेका थिए।

करिब ३ हजार संख्यामा गुरगिन खाँको नेतृत्वमा आएका फौजलाई नन्दु शाह, बंशराज पाण्डे, रामकृष्ण कुँवर लगायतको नेतृत्वको गोर्खाली फौजले पराजित गरेको थियो। इतिहासमा नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको यो पहिलो लडाइँ मानिन्छ । परम्परागत नेपाली हतियार खुकुरी,भाला,घुयत्रो र तरवारको भरमा लडेका नेपाली सेनासँग यो लडाइँमा गुरगिन खाँको करिब ५ सय सेना मारिए।

सैयौं बन्दुक र हतियार गोरखाली सेनाले हात पार्‍यो। स्थानीय सज्जनसँग जानकारी लिएँ। १० माघ १८१९मा विजयी भएकाले अहिले पनि मकवानपूर गढी गाउँपालिकाले उक्त दिनलाई विजय उत्सवको रुपमा मनाउने गरेको एक सज्जनले बताए।

यहाँको मुख्य गढी किल्ला अभयसेनले १८६२ मा निर्माण गराएका रहेछन्। यो गढीभित्रको दरबार सेनवंशी राजा लोहाङ सेनले १६२२ मा निर्माण गरेका रहेछन्। मलाई गढी नजिक पुगेर त्यहाँ खण्डहर भएको पर्खाल देख्दा मनमा साह्रै कौतुहल पैदा भयो। 

पर्खालमा प्रयोग भएका शिलाहरू कहाँबाट कसरी ल्याइयो होला उतिवेला ⁄ गुम्बज शैलीको ढोका अहिले पनि सुरक्षित देख्न सकिन्छ। गढीभित्र अहिले पनि भगवान श्रीकृष्ण किशोर अवस्थामा रहेको धातुको मूर्ति रहेको छ, जुन वंशगोपाल नामले चिनिन्छ। गढी नजिक भएको गहिरो खाल्डोले पानीको निम्ति इनार भएको अनुमान गर्न गाह्रो पर्दैन। दरवारको पश्चिमतर्फ सिद्धेश्वर महादेवको मन्दिर रहेछ। 

धेरै समय व्यतित गर्यौँ हामीले गढीभित्रको दरवार रहेको ठाउँमा। त्यहाँबाट चारैतिरको दृष्यपान गर्यौँ। केही तस्बिरहरू पनि खिच्यौँ। सुन्दर र शान्त स्थानले मेरो मन खिचिरह्यो। निस्किन मन थिएन तर पनि भोक लागेको थियो। गन्तव्य अलिक परैको थियो।

बाहिर निस्कियौं। बाहिर एउटा स्तम्भमा मकवानपूरगढी र नेपाली सेनाको सम्बन्धमा लेखिएको थियो। उक्त लेखको सारांश थियो, यो ऐतिहासिक गढी नेपालको सबैभन्दा ठूलो गढी हो। सेनवंशीय राजाहरूको शासन सञ्चालनको केन्द्र सामरिक महत्वको छ। उपत्यकाको दक्षिण तर्फको आऊजाऊ तथा अन्य हिसाबले रणनैतिक महत्वको गढी भएकोले पृथ्वी नारायण शाहले त्यहाँकी राजाकी छोरीसँग विवाह गरेका थिए। त्यहाँको बारेमा सबै कुरा जानकारी लिएको र विसं १८१९ भदौ ९ गते आठ घण्टासम्म लगातारको युद्धपछि विजय हासिल गरेको कुरा उल्लेख छ।

साथै दिग्बन्धन सेनले बंगालसँग सैन्य सहायता मागेको, करिब ३ हजार बंगाली सेना आएर गोरखाली सेनासँग युद्ध गर्दा पराजित भएर भाग्नु परेको यो लडाइँमा सैयौं बंगाली सेना मारिएका र करिब १० घण्टा चलेको लडाइँमा थुप्रै हातहतियार गोरखाली सेनालाई हात परेको कुरा समेत उल्लेख छ।

श्रीनाथ कम्पनी,कालीबक्स कम्पनी,बर्दवाणी कम्पनी,सबुज कम्पनी तथा गोरख कम्पनी गरी तत्कालीन ५ कम्पनी नेपाल एकीकरणका लागि लागेका थिए भन्ने कुरा पनि त्यहाँ उल्लेख गरिएको रहेछ। 

हामी त्यो क्षेत्रबाट बाहिरिन्छौँ। तल गाडी रोकिराखेको ठाउँमा एउटा होटलमा चिसो र बिस्कुट खान्छौ। वीरतापूर्ण माटोको सुगन्ध,वीर नेपाली आमाका सपूतहरूको गौरवशाली पदचाप महसुस गरेँ मैले। ती युगका योद्धा पात्रहरूसँग मेरो शीर श्रद्धाले झुक्यो।

डाँडामा एक झुल्को घाम अस्ताउने तयारी गर्दै थियो। हामी पुर्खाको ऐतिहासिक गौरव र सामरिक महत्वको गढीलाई विदाइका हात हल्लाएर हेटौंडा झर्‍यौँ। 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रदीप सापकोटा
लेखकबाट थप
यात्राको लहरीमा लहरिँदै ऐतिहासिक मकवानपुर गढी
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्