• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रीय नेताको मुख ताक्दै मुख्यमन्त्री : मन्त्रिपरिषद् विस्तारमा सहयोग खोज्दै काठमाडौं

64x64
नेपाल लाइभ सोमबार, माघ ९, २०७९  २१:०१
1140x725
सोमबार बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा छलफल गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल।

काठमाडौं– सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगे। मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत लिइनसकेका उनी त्यसको समीकरण मिलाउन बालुवाटारसम्म पुगेका हुन्। भेटमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसहित कुरा गर्दै प्रधानमन्त्रीले प्रदेशको मन्त्रालय घटाउने बताए।

‘प्रदेशहरू आफैंमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन’, भेटमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘हामीले गर्दैनौं पनि। तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौं। यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ।’

यही मेसोमा मुख्यमन्त्री रावलले नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रहेका नेता रेशमलाल चौधरीसँग पनि भेटघाट गरेका थिए। कारागारमै भेटघाट गर्न पुगेका रावलले उनीसँग विश्वासको मतमा सहयोग गर्न अनुरोध गरेका थिए। त्यसपछि उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए।

रावलले माघ ११ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसअघि नै उनी विश्वासको मत पाउने सुनिश्चित गर्न चाहन्छन्। त्यसैले उनको दौडधुप काठमाडौंमा भइरहेको हो।

उक्त प्रदेशमा नागरिक उन्मुक्ति पार्टी निर्णायक शक्तिको रुपमा छ। त्यसैले मुख्यमन्त्रीले उसलाई सहमत गराउनुपर्ने बाध्यता छ।

मुख्यमन्त्री रावल मात्रै होइन, सातै प्रदेशका मुख्यमन्त्रीहरुले मन्त्रिपरिषद्‌लाई पूर्णता दिन सकेका छैनन्। कतिपय मुख्यमन्त्रीले विश्वासको मत लिइसकेका छन्, कतिपय बाँकी छन्।

प्रदेश १
प्रदेश १ ले सबैभन्दा पहिले मुख्यमन्त्री पाएको थियो। सत्ता गठबन्धनबाट एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भई पुस २५ मै शपथ लिएका थिए। शपथकै दिन उनले केही मन्त्री नियुक्त गरेका थिए। त्यहाँ ९ मन्त्रालय छन्।

अब कम्तीमा दुई मन्त्री नियुक्त गरेर मन्त्रालय दिनुपर्ने छ। सत्ता गठबन्धनभित्र कुरा नमिलेका कारण उनले सो काम गर्न सकेका छैनन्। मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैंसँग राखेका छन्।

Ncell 2
Ncell 2

मन्त्रिपरिषद्‌मा तिलकुमार मेन्याङबोले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईंले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, राप्रपाका भक्तिप्रसाद सिटौलाले उद्योग, कृषि तथा सहकारी मन्त्रालय, माओवादी केन्द्रका जीवन आचार्यले पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, एमालेका बुद्धिकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालय र जसपाकी निर्मला लिम्बुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएकी छन्। दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँटअघि उनले केन्द्रीय नेतृत्वबाट सहयोगको अपेक्षा गरेका छन्।

मधेस प्रदेश 
सत्ता साझेदार दलहरुबीचको सहमति अनुसार मधेस प्रदेशको मुख्यमन्त्री सुरुमा जसपाले पाएको छ। सोही अनुसार गत पुस २७ मा सरोज यादव मुख्यमन्त्री नियुक्त भएका थिए। उनले विश्वासको मत पनि लिइसकेका छन्। तर, मन्त्रिपरिषद्ले हालसम्म पूर्णता पाएको छैन। मुख्यमन्त्रीले शपथ लिएकै दिन सञ्जयकुमार यादव र वसन्तकुमार कुशवाह पनि मन्त्री नियुक्त भएका थिए। तर, उनीहरुको मन्त्रालय तोकिएको छैन।

सत्ता साझेदार दलहरुको सहमतिअनुसार मधेस प्रदेशमा एमालेले चार, जसपाले तीन, जनमतले दुई र  माओवादी केन्द्रले एक मन्त्रालय पाउनेछन्। तर, उक्त सहमति कार्यान्वयन हुन नसकेपछि मुख्यमन्त्री यादव काठमाडौं आएका छन्। उनले नेकपा एमाले र जसपाका नेताहरुसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल छलफल पनि गरेका छन्।

जसपा नै संघीय सरकारमा सहभागी हुने वा नहुने भन्ने अलमलमै छ। जसले मधेस प्रदेशको सरकार विस्तारमा पनि असर गरेको छ।

बागमती प्रदेश
बागमती प्रदेश सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले पाएको छ। माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्ती भएका छन्। उनले माघ ३ गते विश्वासको मत पाए। उनले नेपाली कांग्रेससहित सबै मुख्य पार्टीबाट विश्वासको मत पाएका थिए।

जम्कट्टेलले पुस २६ गते शपथ लिएर सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। उनले राप्रपाका उद्धव थापालाई बिनाविभागीय र एमालेका जगन्नाथ पौडेललाई आर्थिक मामिला मन्त्री नियुक्त गरेका हुन्। त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

मन्त्रिपरिषद् विस्तारका लागि उनी पनि केही दिनयता काठमाडौंमा दौडधुप गरिरहेका छन्। उनले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका प्रचण्डदेखि सत्ता साझेदार दलका अन्य शीर्ष नेताहरुलाई भेटेर सहयोगको कुरा राखेका छन्।

शपथ लिएकै दिन मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या घटाउनका लागि अध्ययन कार्यदल बनाएका थिए। उक्त कार्यदलले माघ ९ गते प्रतिवेदन बुझासकेको छ। उक्त प्रतिवेदनमा ९ वा ११ मन्त्रालय कायम गर्न सुझाव दिएको बताएको छ। तर, सरकारमा सहभागी गराउनुपर्ने दल र नेताको आकांक्षाले मुख्यमन्त्री जम्कट्टेल अप्ठारोमा परेका छन्। मन्त्रालयको संख्या घटाएर भागबन्डा मिलाउनुपर्ने भएकाले उनले केन्द्रीय आडभरोसा खोजिरहेका छन्।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका खगराज अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त भए। उनले पुस २९ गते विश्वासको मत पनि लिएका छन्। तर, हालसम्म मन्त्रिपरिषद्‌लाई पूर्णता दिन सकेका छैनन्।

अधिकारी नेतृत्वको मन्त्रिपरिषद्‌मा उनी बाहेक तीन मन्त्री छन्। सीता सुन्दास, पञ्चमान गुरुङ र हरिबहादुर चुमानलाई मन्त्री बनाइएको भए पनि मन्त्रालय तोक्न सकेका छैनन्। 

मुख्यमन्त्रीमा नियुक्त भएपछि अधिकारीले काठमाडौं आएर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। गण्डकी प्रदेशमा १२ मन्त्रालय रहेकोमा अब सात वटा मात्रै राख्ने सहमति भउको छ। अब कम्तीमा तीन जना मन्त्री नियुक्त हुनेछन्। पार्टीहरुबीच मन्त्रालयको संख्या र मन्त्रालय तोक्ने अप्ठ्यारोमा उनी छन्।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा पनि एमालेका लीला गिरी मुख्यमन्त्री छन्। उनले पुस २७ मै शपथ लिएका भने माघ ५ गते विश्वासको मत लिए। तर, हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

मुख्यमन्त्रीसँगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीले मन्त्रीको शपथ लिएका थिए। तर, उनीहरुले हालसम्म जिम्मेवारी पाएका छैनन्। पार्टीहरुले पाउने मन्त्रीको संख्या र मन्त्रालयको नाम टुंगो नलाग्दा यसअघि नियुक्त भइसकेका मन्त्रीले समेत जिम्मेवारी नपाएका हुन्।

गिरी नेतृत्व सरकारले लुम्बिनी प्रदेशमा मन्त्रालय घटाएर १० वटामा झार्ने निर्णय गरेको  छ। यही संख्याभित्र सबै दलले भागबन्डा मिलाउनुपर्ने छ। उक्त प्रदेशमा मुख्यमन्त्रीसहित एमालेले ४, माओवादीले ३, जनमत पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीले एक/एक मन्त्रालय पाउने भनिएको छ।

कर्णाली  प्रदेश 
कर्णाली प्रदेशमा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका छन्। उनी पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आफ्नो शपथसँगै एमालेको तर्फबाट विनोदकुमार शाह र माओवादी केन्द्रको तर्फबाट मंगलबहादुर शाहीलाई पुस २८ मै नियुक्त गरेका थिए। तर, उनीहरुले पनि हालसम्म जिम्मेवारी पाएका छैनन्। मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

मन्त्रिपरिषद् विस्तार नहुनुमा मुख्यमन्त्री नियुक्ती हुने बेला गरिएको सहमति कार्यान्वयन नहुनु रहेको एमालेका कर्णाली प्रदेश सांसद टेकराज पछाईले बताए।

तत्कालीन समयमा मन्त्रालयको संख्या घटाएर सात बनाउने र मन्त्रिपरिषद्‌को पहिलो बैठकले उक्त निर्णय कार्यान्वयनमा लैजाने भनेको तर हालसम्म कार्यान्वयन नभएकाले मन्त्रिपरिषद् विस्तार हुन नसकेको उनको भनाइ छ। मुख्यमन्त्री शर्माले मन्त्रिपरिषद् विस्तारका लागि केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र एमाले नेताहरुसँग सहयोग मागेका थिए।
 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २१:०१
  • #प्रदेश सरकार
  • #संघीयता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ)
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी
सम्बन्धित सामग्री
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । उनले पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन र निर्वाचनसँग सम्बन्... शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो पार्टीको समानुपातिक उम्मेदवार सूची सार्वजनिक भएपछि असन्तुष्ट बनेका महिला नेतृहरूले सूचीप्रति आपत्ति जनाउँदै पार्टी कार्यालयमै आमरण अ... शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी शनिबार बत्तीस पुतलीमा पत्रकार सम्मेलन गरेर भण्डारीले विशेष महाधिवेशनलाई नीतिगत सम्मेलन बताउँदै संकल्प प्रस्ताव पास मात्रै गरेर जान व... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने शनिबार, पुस २६, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्