• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नयाँ स्वास्थ्य मन्त्रीलाई २० बुँदे सुझाव 

डा दिनेश न्यौपाने बिहीबार, माघ ५, २०७९  ०७:०९
1140x725

देशले फेरि नयाँ स्वास्थ्य तथा जनसंख्यामन्त्री र राज्यमन्त्री पाएको छ। मन्त्री र राज्यमन्त्रीले कामसमेत सुरु गरिसकेको अवस्था छ। नेपालमा छोटो समयमा धेरै स्वास्थ्यमन्त्री र राज्यमन्त्रीहरु फेरिने गरेका छन्। मन्त्री फेरिरहेने तर स्वास्थ्य क्षेत्रको सुधार भने नहुने नियत भोग्दै आउनु परिररहेको अवस्था छ।

हालसम्म भएका मन्त्रीले के योगदान गरे भनेर हेर्ने हो भने सबै छर्लंग हुने अवस्था छ। त्यसकारण अब आएका मन्त्री र राज्यमन्त्रीहरुले पनि केबल हाजिर गरेर कटाउने भन्दा पनि काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। नयाँ मन्त्रीहरुलाई मुख्य २० वटा बुँदागत सुझावहरु यसप्रकार छन्:

१) तपाईं स्वास्थ्य मन्त्री हो, उपचार मन्त्री मात्र होइन।

२) स्वास्थ्य मन्त्रालयको स्रोत सीमित भए पनि गैरसरकारी र दातृ निकायहरुले धेरै स्रोत र साधन खर्च गर्ने मन्त्रालय हो। बाहिरबाट आकर्षक नदेखिए पनि कर्तव्य र सेवाको हिसाबमा महत्वपूर्ण मन्त्रालय हो।

३) सरकारी अस्पतालहरुको गुणस्तर र सेवा निजीको भन्दा राम्रो बनाउनुहोस्। केन्द्रीय, टिचिङ र क्षेत्रीय अस्पतालहरुको गुणस्तर, समन्वय र कार्यक्षमता विस्तार गर्ने हो भने पनि धेरै गर्न सकिन्छ। 

४) एम्बुलेन्स सेवालाई नि:शुल्क र प्रभावकारी बनाउनुहोस्। 

५) स्वास्थ्यकर्मीहरु खासगरी चिकित्सक र नर्सहरुको तलब र सुविधा उल्लेख्य रुपमा बढाउनुहोस्। 

६) नेपाल जस्तो देशको लागि राज्य करबाट गरिने बिमा नै उत्तम हो। यसको लागि गाउँपालिकादेखि नै स्रोत र साधन विनियोजन हुन जरुरी छ। यसको लागि पहल गर्नुहोस्। जनताले प्रिमियम तिर्ने मोडेल नेपालमा सफल हुन धेरै गाह्रो छ।

Ncell 2
Ncell 2

७) नेपालको स्वास्थ सेवा प्रवाह विशेषज्ञ चिकित्सकभन्दा पनि समुदायसम्म रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरु र स्वास्थ्य चौकीहरुमार्फत भएको छ। अझै पनि यो प्रणालीबाट धेरै गर्न सकिन्छ। निर्णय गर्दा उनीहरुका कुरा पनि सुनेर गर्नुहोस्।

८) स्वास्थ्य अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राख्नुहोस्। अड्कलबाजीमा निर्णय गर्नेभन्दा प्रमाणमा आधारित कार्यक्रमहरुलाई लागू गर्नुहोस्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वास्थ्य वैज्ञानिकहरुको प्राज्ञिक थलो बनाउनुहोस्। पर्याप्त बजेट छुट्याइदिनुहोस्।

९) खासगरी केन्द्रीय तहका कर्मचारीहरु तालिम-तालिम भन्दै कुद्ने देखिएको छ। दक्षता र नयाँ कुरा सिक्नभन्दा भत्ता पाउने लोभले हिँड्नेहरुलाई नियन्त्रणमा ल्याउनुहोस्।

१०) गाउँपालिकामा एउटा अस्पतालभन्दा पनि स्वास्थ्य चौकीहरुको सहयोगमा गाउँघर क्लिनिकहरु डाक्टरको उपस्थिति वा सुपरिवेक्षणमा चलाउने व्यवस्था गर्नुहोस्। आवश्यकहरुलाई स्वास्थ्यकर्मी घरमा नै पुग्ने वा टेलिफोनमार्फत सेवा दिने व्यवस्था मिलाउनुहोस्।

११) प्रेषणलाई प्रभावकारी बनाउनुहोस्। टाउको दुख्दा पनि केन्द्रीय अस्पतालका विशेषज्ञ डाक्टरहरुलाई देखाउने अहिलेको अभ्यास छ।

१२) अहिलेको दरबन्दी भएका ठाउँमा नियुक्ति गर्नुहोस्। नभएको ठाउँमा दरबन्दी सिर्जना गर्नुहोस्।

१३) छरिएका औषधि पसलहरुलाई एकीकृत गर्नुहोस्। बिरामीले पुर्जी बोक्दै औषधि खोज्दै हिँड्ने बाध्यताको अन्त्य गर्नुहोस्।

१४) सरुवा-बढुवाको घनचक्करमा नफस्नुहोस्।

१५) गैरसरकारी संस्थाहरुले गर्ने धेरै काममा डुप्लिकेसन छ। यसलाई हटाउने/घटाउने गर्नुहोला।

१६) बिरामीलाई दिने सेवाको सम्भव भएसम्म डिजिटलाइजेसन गरेर अभिलेखीकरण गर्ने व्यवस्था गर्नुहोस्। उदाहरणको लागि, जुम्ला अस्पतालबाट टिचिङ प्रेषण भएको बिरामीको अभिलेख काठमाडौंको चिकित्सकले सजिलै हेर्न मिल्ने होस्। 

१७) स्वदेशमा नै औषधि र उपकरण उत्पादन गर्ने कम्पनीहरुलाई आकर्षक प्याकेज ल्याउनुहोस्।

१८) जुन पालिकाबाट सबैभन्दा कम व्यक्तिहरु केन्द्रीय अस्पतालमा भर्ना हुन्छन् र/वा अकालमा मर्छन्। त्यो पालिकालाई पुरस्कृत गर्ने व्यवस्था गर्नुहोस्। बिरामी कम हुनु भनेको रोकथाममा राम्रो हुनु हो। 

१९) स्वास्थ्य मन्त्रालयले धेरै तथ्यांक संकलन गर्छ। तर ती तथ्यांकको विश्लेषण र प्रयोग निकै कम छ। यसतर्फ विशेष ध्यान दिनुहोस्।

२०) राज्यको सम्पत्ति दुरुपयोग गरेर विदेश उपचार गर्न सिफारिस माग्न आउनेहरुलाई रोकिदिनुहोस्।

अहिलेलाई यत्ति। थाहा छ, कतिपय कुरा तपाईंले चाहेर पनि गर्न सक्नुहुन्न।

(डा न्यौपाने जोन्स हप्किन्स विश्वविद्यालय, अमेरिकाको ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थमा सहायक वैज्ञानिकको रुपमा कार्यरत छन्।)  

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०७:०९
  • #स्वास्थ्यमन्त्रीलाई–सुझाव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ १३, २०८२
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्