• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नयाँ स्वास्थ्य मन्त्रीलाई २० बुँदे सुझाव 

डा दिनेश न्यौपाने बिहीबार, माघ ५, २०७९  ०७:०९
1140x725

देशले फेरि नयाँ स्वास्थ्य तथा जनसंख्यामन्त्री र राज्यमन्त्री पाएको छ। मन्त्री र राज्यमन्त्रीले कामसमेत सुरु गरिसकेको अवस्था छ। नेपालमा छोटो समयमा धेरै स्वास्थ्यमन्त्री र राज्यमन्त्रीहरु फेरिने गरेका छन्। मन्त्री फेरिरहेने तर स्वास्थ्य क्षेत्रको सुधार भने नहुने नियत भोग्दै आउनु परिररहेको अवस्था छ।

हालसम्म भएका मन्त्रीले के योगदान गरे भनेर हेर्ने हो भने सबै छर्लंग हुने अवस्था छ। त्यसकारण अब आएका मन्त्री र राज्यमन्त्रीहरुले पनि केबल हाजिर गरेर कटाउने भन्दा पनि काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। नयाँ मन्त्रीहरुलाई मुख्य २० वटा बुँदागत सुझावहरु यसप्रकार छन्:

१) तपाईं स्वास्थ्य मन्त्री हो, उपचार मन्त्री मात्र होइन।

२) स्वास्थ्य मन्त्रालयको स्रोत सीमित भए पनि गैरसरकारी र दातृ निकायहरुले धेरै स्रोत र साधन खर्च गर्ने मन्त्रालय हो। बाहिरबाट आकर्षक नदेखिए पनि कर्तव्य र सेवाको हिसाबमा महत्वपूर्ण मन्त्रालय हो।

३) सरकारी अस्पतालहरुको गुणस्तर र सेवा निजीको भन्दा राम्रो बनाउनुहोस्। केन्द्रीय, टिचिङ र क्षेत्रीय अस्पतालहरुको गुणस्तर, समन्वय र कार्यक्षमता विस्तार गर्ने हो भने पनि धेरै गर्न सकिन्छ। 

४) एम्बुलेन्स सेवालाई नि:शुल्क र प्रभावकारी बनाउनुहोस्। 

५) स्वास्थ्यकर्मीहरु खासगरी चिकित्सक र नर्सहरुको तलब र सुविधा उल्लेख्य रुपमा बढाउनुहोस्। 

६) नेपाल जस्तो देशको लागि राज्य करबाट गरिने बिमा नै उत्तम हो। यसको लागि गाउँपालिकादेखि नै स्रोत र साधन विनियोजन हुन जरुरी छ। यसको लागि पहल गर्नुहोस्। जनताले प्रिमियम तिर्ने मोडेल नेपालमा सफल हुन धेरै गाह्रो छ।

Ncell 2
Ncell 2
nimb
nimb

७) नेपालको स्वास्थ सेवा प्रवाह विशेषज्ञ चिकित्सकभन्दा पनि समुदायसम्म रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरु र स्वास्थ्य चौकीहरुमार्फत भएको छ। अझै पनि यो प्रणालीबाट धेरै गर्न सकिन्छ। निर्णय गर्दा उनीहरुका कुरा पनि सुनेर गर्नुहोस्।

८) स्वास्थ्य अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राख्नुहोस्। अड्कलबाजीमा निर्णय गर्नेभन्दा प्रमाणमा आधारित कार्यक्रमहरुलाई लागू गर्नुहोस्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वास्थ्य वैज्ञानिकहरुको प्राज्ञिक थलो बनाउनुहोस्। पर्याप्त बजेट छुट्याइदिनुहोस्।

९) खासगरी केन्द्रीय तहका कर्मचारीहरु तालिम-तालिम भन्दै कुद्ने देखिएको छ। दक्षता र नयाँ कुरा सिक्नभन्दा भत्ता पाउने लोभले हिँड्नेहरुलाई नियन्त्रणमा ल्याउनुहोस्।

१०) गाउँपालिकामा एउटा अस्पतालभन्दा पनि स्वास्थ्य चौकीहरुको सहयोगमा गाउँघर क्लिनिकहरु डाक्टरको उपस्थिति वा सुपरिवेक्षणमा चलाउने व्यवस्था गर्नुहोस्। आवश्यकहरुलाई स्वास्थ्यकर्मी घरमा नै पुग्ने वा टेलिफोनमार्फत सेवा दिने व्यवस्था मिलाउनुहोस्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

११) प्रेषणलाई प्रभावकारी बनाउनुहोस्। टाउको दुख्दा पनि केन्द्रीय अस्पतालका विशेषज्ञ डाक्टरहरुलाई देखाउने अहिलेको अभ्यास छ।

१२) अहिलेको दरबन्दी भएका ठाउँमा नियुक्ति गर्नुहोस्। नभएको ठाउँमा दरबन्दी सिर्जना गर्नुहोस्।

१३) छरिएका औषधि पसलहरुलाई एकीकृत गर्नुहोस्। बिरामीले पुर्जी बोक्दै औषधि खोज्दै हिँड्ने बाध्यताको अन्त्य गर्नुहोस्।

१४) सरुवा-बढुवाको घनचक्करमा नफस्नुहोस्।

१५) गैरसरकारी संस्थाहरुले गर्ने धेरै काममा डुप्लिकेसन छ। यसलाई हटाउने/घटाउने गर्नुहोला।

१६) बिरामीलाई दिने सेवाको सम्भव भएसम्म डिजिटलाइजेसन गरेर अभिलेखीकरण गर्ने व्यवस्था गर्नुहोस्। उदाहरणको लागि, जुम्ला अस्पतालबाट टिचिङ प्रेषण भएको बिरामीको अभिलेख काठमाडौंको चिकित्सकले सजिलै हेर्न मिल्ने होस्। 

१७) स्वदेशमा नै औषधि र उपकरण उत्पादन गर्ने कम्पनीहरुलाई आकर्षक प्याकेज ल्याउनुहोस्।

१८) जुन पालिकाबाट सबैभन्दा कम व्यक्तिहरु केन्द्रीय अस्पतालमा भर्ना हुन्छन् र/वा अकालमा मर्छन्। त्यो पालिकालाई पुरस्कृत गर्ने व्यवस्था गर्नुहोस्। बिरामी कम हुनु भनेको रोकथाममा राम्रो हुनु हो। 

१९) स्वास्थ्य मन्त्रालयले धेरै तथ्यांक संकलन गर्छ। तर ती तथ्यांकको विश्लेषण र प्रयोग निकै कम छ। यसतर्फ विशेष ध्यान दिनुहोस्।

२०) राज्यको सम्पत्ति दुरुपयोग गरेर विदेश उपचार गर्न सिफारिस माग्न आउनेहरुलाई रोकिदिनुहोस्।

अहिलेलाई यत्ति। थाहा छ, कतिपय कुरा तपाईंले चाहेर पनि गर्न सक्नुहुन्न।

(डा न्यौपाने जोन्स हप्किन्स विश्वविद्यालय, अमेरिकाको ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थमा सहायक वैज्ञानिकको रुपमा कार्यरत छन्।)  

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०७:०९
  • #स्वास्थ्यमन्त्रीलाई–सुझाव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ? शनिबार, असोज ३१, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्