काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।
चिनियाँ राजदूत चेन ओलीलाई भेट्न बुधबार साँझ भक्तपुरको बालकोटस्थित निवासमा गएका थिए।
दुईबीच दुई देशका आपसी सम्बन्धका बारेमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।
सत्ता साझेदार दलको राजनीतिक संयोजकसमेत रहेका ओली र चिनियाँ राजदूतबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।