काठमाडौं– मन्त्रिपरिषद्को बैठकले विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई भेट्दा मन्त्रीहरूले अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्नुपर्ने निर्णय गरेको छ।
सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
‘विदेशी प्रतिनिधिहरूलाई कूटनीतिक नियोग लगायतका विदेशी प्रतिनिधिलाई मन्त्रीहरूले भेट्दा परााष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने निर्णय गरेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।