काठमाडौं– मन्त्रिपरिषद्को बैठकले विभूषण अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ।
नेपालको प्रतिष्ठा अभिवृद्धि गर्नेगरी राष्ट्रिय जीवनको कुनै पनि क्षेत्रमा उदाहरणीय योगदान पुर्याउने नेपाली नागरिकलाई विभूषण तथा मानपदवी प्रदान गर्दा हरेक वर्षजसो विवादित बन्ने गरेकोमा त्यसबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
‘विभूषणका सन्दर्भमा स्पष्ट मापदण्ड बनाएर, विभूषण प्राप्त गर्नेले पनि गर्वबोध गरोस्, सरकारले पनि आ–आफ्नो क्षेत्रमा उच्च योगदान पुर्याउने व्यक्तित्वलाई विभूषण प्रदान गरोस् भनेर अध्ययन गर्न समिति बनाउने निष्कर्षमा आजको मन्त्रिपरिषद् पुगेको छ,’ पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।