काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदबारमा जारी छ। मन्त्रीमण्डल विस्तार भएपछि पहिलोपटक बैठक बसेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकले सरकारको प्रवक्ता समेत तोक्ने छ।
यसअघि सरकारको प्रवक्ताको जिम्मेवारी उपपप्रधानमन्त्री विष्णु पौडेललाई दिइएको थियो। मंगलबार विस्तार गरिएको मन्त्रिपरिाषद्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको रुपमा माओवादीकी सांसद रेखा शर्मा नियुक्ती भएकी छन्। सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने अभ्यास छ।
त्यस्तै, संसद्को विधेयक समिति पनि मन्त्रिपरिषद्ले तोक्ने छ। विधेयक समिति नहुँदा नयाँ विधेयकहरु निर्माण हुन सकेका छैनन्। सरकारले नयाँ विधेयक नल्याउँदा प्रतिनिधि सभा र राष्ट्रिय सभाले विजनेश पाउन सकेका छैनन्।
पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसहितको सर्मथनमा प्रधानमन्त्री नियुक्त भएका थिए। उनले पुस ११ गते सपथ लिएका थिए। त्यसको २२ दिनपछि मंगलबार मन्त्रिपरिषद् विस्तार भएको हो।
अझै पनि दुई मन्त्रालय प्रधानमन्त्री अन्तर्गत नै रहेको छ। युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय मन्त्रीविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।