काठमाडौं- कर्णाली प्रदेश सभाको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन्।
प्रदेश सभामा रहेका ४० सदस्यमध्ये बैठकमा ३८ सदस्य उपस्थित थिए। न्यौपानेलाई २४ मत प्राप्त भएको थियो।
त्यस्तै, नेपाली कांग्रेसकी उपसभामुखका उम्मेदवार इन्द्राकुमारी शाहीको पक्षमा १४ मत परेको थियो। प्रदेश सभाका स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही भने तटस्थ बसे।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य न्यौपाने कालीकोटबाट समानुपातिक सांसद हुन्।
सभामुखमा यसअघि एमालेकी नन्दा गुरुङ निर्वाचित भइसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।