काठमाडौं– राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–५ हाडीगाँउ, ढुंगेधारानजिक सरेको छ।
बुधबार अध्यक्ष कमल थापाले धार्मिक विधि अनुसार पूजा गर्दै पार्टी कार्यालय सारेका हुन्।
पार्टीलाई व्यवस्थित र चुस्त रुपमा सञ्चालन गर्ने क्रममा नयाँ ठाउँमा पार्टी कार्यालय सारिएको महामन्त्री तथा सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिए।
विशालनगरमा रहेको पार्टी कार्यालय भवन सानो भएको र पार्किङको समस्या भएकोले नयाँ ठाउँमा सारिएको समेत भद्राले बताए। राप्रपा नेपाल पुनर्जागृत गरेपछि दोस्रो पटक पार्टीले आफ्नो कार्यालय सारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।