काठमाडौं– प्रतिनिधि सभाको सभामुखका लागि नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। बुधबार दिउँसो संघीय संसद् भवन, नयाँ बानेश्वर पुगेर घिमिरेले उभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
घिमिरे प्रतिनिधि सभाको सभामुखमा सत्ता साझेदार दलका साझ उम्मेदवार हुन्। उनलाई नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सत्ता साझेदार दलहरुको समर्थन छ।
घिमिरेको प्रस्तावक एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन्। यस्तै, समर्थक नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन्। घिमिरेको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् संसदीय दलका नेता रवि लामिछाने पनि छन्।
सभामुखका लागि एमालेमा घिमिरेसँगै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मालगायतले आकांक्षा राखेका थिए। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार घिमिरेको नाम ‘फाइनल’ भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।