काठमाडौं– प्रतिनिधि सभाको सभामुख चयनका लागि आज (बुधबार)देखि निर्वाचन प्रक्रिया सुरु हुँदै छ।
सत्ता साझेदार दलहरुका तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुखको उम्मेदवार बन्ने तय भएको छ।
नेकपा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनको मनोनयन पत्र पनि तयार भइसकेको छ। घिमिरेको प्रस्तावक एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहने भएका छन्। यस्तै, समर्थक नेकपा माओवादी केन्द्रका नेता (सांसद) हितराज पाण्डे रहने भएका छन्।
सभामुखका लागि घिमिरेसँगै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मालगायतले आकांक्षा राखेका थिए। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार घिमिरेको नाम ‘फाइनल’ भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।