काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक अगाडि अन्य दुई दलका नेताहरुसँग छलफल गरेका छन्।
आफ्नो पार्टीका पदाधिकारीहरुको बैठक अगाडि देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका हुन्।
प्रतिनिधि सभाको सभामुख चयनका लागि आज (बुधबार) निर्वाचन प्रक्रिया सुरु हुँदैछ। सभामुखको उम्मेदवारीका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीहरुको बैठक बोलाइएको थियो।
सभामुखमा आफ्नै पार्टीका उम्मेदवार उठाउने कि अन्य पार्टीलाई सहयोग गर्नेबारे कांग्रेस छलफलमा छ। सोही विषयमा जसपा अध्यक्ष यादव र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल भएको देउवानिकट कांग्रेसका एक नेताले जानकारी दिए।
देउवाको निजी निवास धुम्बाराहीमा ३ नेताबीच भएको छलफलमा सभामुखको निर्वाचनमा उम्मेदवारी लगायत विषयमा छलफल भएको ती नेताले जानकारी दिए।
अहिले कांग्रेस पदाधिकारी बैठक धुम्वाराहीमा नै जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।