काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक भर्खर सुरु भएको हो।
बैठकमा आज हुने सभामुखको निर्वाचन मनोनयको विषयमा छलफल हुने बताइएको छ। संसद्मा आज सभामुखको मनोनयन दर्ता गर्ने कार्यसूची छ।
सभामुखको उम्मेदवार कसलाई उठाउने भन्ने बारेमा कांग्रेस पदाधिकारी बैठक बसेको हो। कांग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन। पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्ने बारेमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।